काठमाडौं । गायिका नितु पौडेलको पार्थिव शरीरलाई शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शनिबार परिवारले उनको शव पोस्टमार्टमपछि अन्त्येष्टि गरेको हो ।
गत शनिबार अनामनगरस्थित संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी नितुलाई उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल लगिएको थियो ।
नितुको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको थियो ।
पशुपति आर्यघाटमा पुगेर नितुको पार्थिव शरिरमा सांगीतिक क्षेत्रका कलाकार, आफन्त र शुभेच्छुकहरुले श्रद्धाञ्जली दिएका थिए ।
नितुको मृत्युपछि उनको परिवारले संगीतकार तथा गायक गिरीविरूद्ध जाहेरी दिएको छ भने प्रहरीले गिरीलाई आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
नितुका दाइ गणेश पौडेलले आफ्नो बहिनीको हत्या भएको दाबी गरेका छन् । विगत ८–९ वर्षदेखि बहिनी नितु र गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस