काठमाडौं । नेपालका युवा प्रतिभा समीप न्यौपानेले टर्कीमा सम्पन्न 'गोल्डेन किड्स इन्टरनेशनल' कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिएका छन्।
नेशनल डाइरेक्टर प्रमीला सिलवालको प्रतिनिधित्वमा सहभागी न्यौपानेले नेपालीपन झल्किने गिटार धुनमार्फत सबैको मन जिते।
निर्णायक र दर्शकले उनको समर्पण, आत्मविश्वास र मौलिकताको प्रशंसा गर्दै उनलाई 'भविष्यको अन्तर्राष्ट्रिय कलाकार' को संज्ञा दिए ।
सानैदेखि संगीत प्रेमी समीप निरन्तर अभ्यास र लगनका कारण दक्ष गिटार वादकका रूपमा पहिचान बनाउँदै आएका छन्। उनको यो उपलब्धिले नेपाली बाल प्रतिभा प्रोत्साहनमा नयाँ ऊर्जा भरेको छ।
समीपले भने, “टर्कीमा नेपाललाई प्रतिनिधित्व गर्नु गर्वको विषय हो। भविष्यमा नेपाली सङ्गीतलाई अझ ठूलो मञ्चमा पुर्याउने लक्ष्य राखेको छु।”
प्रतिक्रिया दिनुहोस