२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजी आन्दोलनपछि पुनः सञ्चालनमा चन्द्रागिरि केबलकार [तस्बिरहरु]

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको चन्द्रागिरि केबलकार पुनर्निर्माणपछि शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। ६० दिनअघि बन्द भएको सेवा पुनः सुरु गरिएको हो।

सञ्चालक कम्पनी चन्द्रागिरि हिल्स लिमिटेडले विज्ञप्ति जारी गर्दै चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबार बिहानदेखि पुनः सञ्चालनमा आउने शुक्रबार घोषणा गरेको थियो।

कम्पनीका अनुसार, केबलकारको तल्लो स्टेशनमा भएको तोडफोडका कारण सेवा पूर्णरूपमा अवरुद्ध भएको थियो। त्यसपछि अष्ट्रियाको डोपलमेयर कम्पनीका उच्च प्राविधिक टोली नेपाल बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण र निरीक्षण पूरा गरेपछि सेवा पुनः सुरु गरिएको हो।

सेवा पुनः सुरु भएपछि पर्यटक शनिबार नै सप्ताहान्तको घुमघाममा चन्द्रागिरि पुगेका छन्।

तस्बिर : रजनिकान्त जसराज

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ