२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सिद्धिचरण राजमार्गको स्तरोन्नती काम तत्काल सुरु हुनेः मन्त्री घिसिङ

सोमवार , मंसिर १, २०८२

उदयपुर । सिद्धिचरण राजमार्गको स्तरोउन्नतीको काम तत्काल थालिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जानकारी दिएका छन्। राजमार्ग अन्तर्गतको उदयपुरको कटारी–घुर्मी सडकखण्डसङ्घर्ष समितिले आइतबार काठमाडौमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले एक महिनाभित्र बहुवर्षीय ठेक्का लगाउने र काम अघि बढाउने जानकारी दिए।

“आफूले पनि यो सडक हिँडेको र समस्या बुझेको भन्दै तत्काल सडक स्तरोउन्नतीको काम अघि बढाउन निर्देशन दिए ।” समितिका संयोजक लीलाबहादुर खत्रीले भने,“उनको स्वकीयहरुलाई पनि यो सडकको समस्या थाहा रहेछ यहाँका जनता पीडित नै छन् भनेपछि ठेक्का प्रक्रिया अघि बढाउछौँ भने ।”

यस सडकखण्ड निर्माणका लागि चार अर्ब १२ करोड बजेट रहेको जनाइएको छ । राजमार्गको कटारी–घुर्मी ४७ किमि सडक जीर्ण अवस्थामा छ । आउँजाउमै समस्या भएपछि यसअघि समितिले सडकसमेत अवरुद्ध गरेको थियो । सडक आसपासका स्थानीय धुलोले आजित भएका थिए ।

तीन दशकअघि निर्माण गरिएको यो सडक जीर्ण हुँदा पहाडी जिल्ला ओखलढुङ्गा सोलुखुम्बु, खोटाङवासी समेतलाई समस्या परेका छन् । तराईबाट पहाड प्रवेश गर्ने पहिलो र छोटो नाका स्तरोउन्नती नहुँदा वर्षौदेखि जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ