२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्रीका सम्पत्ति हेर्न ‘अनलाइन पोर्टल’ सार्वजनिक

सोमवार , मंसिर १, २०८२

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना बैंकिङ्ग, गैर-बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण जानकारी एकै ठाउँबाट प्राप्त गर्न सकिने अनलाइन पोर्टल सार्वजनिक गरेको छ। लिलाम प्रक्रिया पारदर्शी, सहज र प्रभावकारी बनाउन बैंकले यो डिजिटल प्रणाली सञ्चालनमा ल्याएको हो।

बैंकका अनुसार लिलाम बिक्रीसम्बन्धी सूचना प्रकाशित गरिएका नोटिसमा रहेको क्युआर कोड स्क्यान गरेपछि सोही https://auctionassistance.nicasiabank.com पोर्टलमा प्रवेश गर्न सकिन्छ। पोर्टलमा लिलाममा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत लोकेशन पहिचान गर्ने सुविधा उपलब्ध छ।

ग्राहकले खरिद गर्न चाहेका सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा सोही पोर्टलमा रहेको म्यासेज बक्स मार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना सहित सिधै बैंकलाई संदेश पठाउन सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त पोर्टलमा नियमित रूपमा बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति, धितो सुरक्षणमा रहेका सम्पत्ति तथा अन्य लिलामसम्बन्धी सूचना अद्यावधिक गरिँदै जानेछन्। यसका कारण लिलामित सम्पत्ति खरिदमा रुचि राख्ने ग्राहकले पोर्टलमार्फत आवश्यक सम्पूर्ण विवरण सजिलै प्राप्त गर्न सक्ने बैंकको विश्वास छ।

बैंकले अनलाइन पोर्टलको लिंक पनि सार्वजनिक गरिसकेको छ। उक्त पोर्टलमार्फत ग्राहकहरूले लिलाममा आएका सम्पत्तिको विस्तृत विवरण हेरी सहज रूपमा लाभ लिन सक्ने बैंकले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ