काठमाडौं । राष्ट्रिय सभा गृहमा आज बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारसहितको पार्टी एकता घोषणा हुँदैछ । पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ रहने भएको छ ।
प्रगतिशील अभियानका नेता अनिल शर्माले एकतापछि हुने पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ र चुनाव चिन्ह आँखा रहने बताए। आँखा नेसपा नयाँ शक्तिले प्रयोग गरेको चुनाव चिन्ह हो ।
कात्तिक २८ गते भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरी आएका परियार समूहबीच एकता गर्ने सहमति भएको थियो ।









प्रतिक्रिया दिनुहोस