काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको हो ।
जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले ३८ बलमा २ चौका र २ छक्का सहित अर्धशतक प्रहार गरे । त्यस्तै, जोन निकोल लोफ्टी इटन ३९, माज सदक्वात १२, मयन यादव ६, आदित्य मेहता १५ र वायन पार्नेल १४ रनमा आउट भए ।
बलिङमा सुदूरपश्चिमका अभिनास बोहराले ४ विकेट लिए । त्यस्तै, स्कट कुइगेलेइनले ३ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस