२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपीएलको २०औँ अर्धशतक सञ्जय कृष्णमूर्तिको नाममा

शनिवार , मंसिर १३, २०८२

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतकको सङ्ख्या २० पुगेको छ । जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले आज ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २० पुगेको हो ।

सुदूरपश्चिम रोयल्सविरूद्ध उनले ३७ बलमा दुई छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरे । योसँगै उनी अर्धशतक हिर्काउने १६औँ खेलाडी बनेका छन् ।

जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पञ्चालले दुई/दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किङ्ग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्माले, एडम रोसिङटन, जिमी निशम काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल र आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन् । जारी प्रतियोगितामा शतक भने कर्णालीका मार्क वाटले मात्रै प्रहार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट