२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

शारडा ग्रुपको विरासत : १२० वर्षे उद्यमशीलताको कथा, निर्यातको सम्भावना र नीतिगत अवरोधको सङ्घर्ष

बुधवार , मंसिर १७, २०८२

काठमाडाैं । नेपाली व्यावसायिक क्षितिजमा शारडा ग्रुपले करिब १२० वर्ष लामो गौरवशाली इतिहास बोकेको छ। पुस्तान्तरण हुँदै आएको उद्यमशीलताको यो यात्रा पूर्वी नेपालको सिराहास्थित लाहानबाट सुरु भएको थियो, जहाँ हाम्रा संस्थापक हजुरबाहरूले सामान्य व्यापारबाट व्यावसायिक जग बसाल्नुभयो। समयक्रममा यो व्यवसाय कपडा, धान चामलको उद्योग र ट्रेडिङ जस्ता परम्परागत क्षेत्र हुँदै आजको आधुनिक औद्योगिक स्वरूपमा विकसित भएको छ।

वर्तमान अवस्थामा, शारडा ग्रुपले आफ्नो कार्यक्षेत्रलाई देशको अर्थतन्त्रका दुई अपरिहार्य पिलरहरू: तीव्र उपभोग्य वस्तु (Fast Moving Consumer Goods - FMCG) र निर्माण तथा पूर्वाधार क्षेत्र (Construction Sector) मा केन्द्रित गरेको छ।

खाद्यानतर्फ, हामीले पूर्ण श्रृंखलामा काम गर्दै आएका छौँ। यसमा फ्लोर मिलहरूबाट मैदा र आटा जस्ता आधारभूत उत्पादनदेखि लिएर चाउचाउ, बिस्कुट, स्न्याक्स आइटमहरू र कन्फेक्सनरी (चकलेट) जस्ता तयारी उपभोग्य वस्तुहरू उत्पादन हुन्छन्। यसबाहेक, पशुपति खाद्य उद्योगबाट तेल र घिउ उत्पादन हुन्छ । स्वदेशी साबुन र डिटर्जेन्टहरू पनि उत्पादन हुन्छन्।

प्रिमियर अर्गानिक अन्तर्गत हाम्रो आफ्नै डिस्टिलरी पनि छ, जसले हिमालयन रिजर्भ र ओल्ड मङ्क जस्ता स्थापित ब्रान्डहरूमा अल्कोहल उत्पादन गर्दछ। सहायक उद्योगको रूपमा, हामी पशुपति सिम्प्याकबाट स्याक र नन-वोन ब्याग्स र शारडा इलेक्ट्रिकलबाट स्वीचेज तथा एक्सेसरिज आइटमहरू पनि उत्पादन गर्दछौँ।

अर्कोतर्फ, देशको उन्नति र समृद्धिका लागि अपरिहार्य मानिने पूर्वाधार क्षेत्रमा हाम्रो गहिरो संलग्नता छ। यस क्षेत्रमा प्रिमियर स्टिलबाट टीएमटी बार्स, सिमेन्ट, प्रिमियर वायरबाट केबल, जीआई तार (GI wire) र गेबेन बक्स जस्ता निर्माण सामग्रीहरू उत्पादन हुन्छन्। यी उद्योगहरू बाहेक बिनायक अक्सिजन नामक हाम्रो अक्सिजन प्लान्ट पनि सञ्चालनमा छ। हाम्रा अधिकांश उद्योगहरू र औद्योगिक आधार क्षेत्र (Industrial Base) विराटनगरमा केन्द्रित छन्, जसले पूर्वी क्षेत्रको औद्योगिक विकासमा हाम्रो योगदानलाई स्पष्ट पार्छ।

व्यक्तिगत रूपमा, मैले आफ्नो बाल्यकालदेखि नै बुवालाई उद्योगमा मिहिनेत गरेको देखेकोले मेरो झुकाव र जिज्ञासा स्टिल र केबल जस्ता निर्माण सामग्री (Construction Material) को क्षेत्रमा बढी छ। हेटौडा आइरन उद्योग जस्तो नेपालको पुरानो स्टिल उद्योग बन्द भएपछि फेरि यही सेक्टरमा काम गर्ने इच्छाशक्तिले हामीलाई प्रिमियर स्टिल लगाउन प्रेरित गर्‍यो।

नयाँ पुस्ताको नेतृत्व र नवप्रवर्तनको संकल्प

बुवाहरूको पुस्ताले खडा गरेको बलियो औद्योगिक जगलाई वर्तमान पुस्ताले अझ बृहत् र ‘एक्सपोनेन्सियल्ली’ वृद्धि गर्ने लक्ष्य लिएको छ। यो केवल व्यवसायको विस्तार मात्र होइन, बरु देशको समग्र विकास र उन्नतिमा योगदान दिने संकल्प पनि हो। हाम्रो ध्यान नवीनतम प्रविधि प्रयोग गरी उद्योगलाई आधुनिक बनाउने र निर्यातमुखी (Export Oriented) बनाउनेतर्फ केन्द्रित छ।

हामीले खाद्यान क्षेत्रमा आफ्नो अन्तर्राष्ट्रिय पहुँचलाई सशक्त बनाएका छौँ। हाम्रा नुडल्स र स्न्याक्स आइटमहरू हाल विश्वका करिब २५ देखि ३० वटा देशहरूमा निर्यात भइरहेका छन्। यी निर्यात हुने गन्तव्यहरूमा संयुक्त राज्य अमेरिका, युरोपका विभिन्न राष्ट्रहरू र अरब मुलुकहरू पनि समावेश छन्।

निर्माण क्षेत्रमा पनि हामीले ठूलो फड्को मारेका छौँ। हामीले अत्याधुनिक प्रविधि जडित उच्च क्षमताको स्टिल फ्याक्ट्री स्थापना गरेका छौँ। सबैभन्दा महत्त्वपूर्ण पहल भनेको प्रिमियर वायर मार्फत उच्च भोल्टेजका विशिष्ट केबल कन्डक्टरहरूको स्वदेशी उत्पादन सुरु गर्नु हो। यसमा एचटी केबल (High Tension Cable) र एमभीसीसी (Medium Voltage Covered Conductor) जस्ता सामग्रीहरू पर्दछन्। यस्ता उत्पादन अहिलेसम्म विदेशबाट मात्र आयात भइरहेका थिए। यो प्रयास देशलाई महत्वपूर्ण पूर्वाधार सामग्रीमा आत्मनिर्भर बनाउने हाम्रो नयाँ पुस्ताको दृढ सोचमा आधारित छ।

व्यक्तिगत रुचीको कुरा पनि गरौँ, व्यक्तिगत रूपमा, मैले आफ्नो बाल्यकालदेखि नै बुवालाई उद्योगमा मिहिनेत गरेको देखेकोले मेरो झुकाव र जिज्ञासा स्टिल र केबल जस्ता निर्माण सामग्री (Construction Material) को क्षेत्रमा बढी छ। हेटौडा आइरन उद्योग जस्तो नेपालको पुरानो स्टिल उद्योग बन्द भएपछि फेरि यही सेक्टरमा काम गर्ने इच्छाशक्तिले हामीलाई प्रिमियर स्टिल लगाउन प्रेरित गर्‍यो।

विशिष्ट उत्पादन: एमभीसीसी र एचटी केबलको महत्व

हामीले बिजुलीका तार र अन्य केही विद्युतीय सामग्रीको उत्पादनलाई महत्व दिइरहेका छौँ । पछिल्लो समयमा प्रिमियर वायरमा हाम्रो जोड रहेको छ ।

एमभीसीसी मीडियम भोल्टेज कभर्ड कन्डक्टरको उत्पादन नेपालको विद्युत प्रसारण प्रणालीका लागि क्रान्तिकारी कदम हो। यी केबलहरू एक कभीए र ३३ केभीए को क्षमतामा ओभरहेड ट्रान्समिसनमा प्रयोग हुन्छन्। यसअघि ओभरहेड लाइनहरूमा नाङ्गो कन्डक्टर (Naked Conductor) प्रयोग हुन्थ्यो, जसले चुहावटको जोखिम बढाउँथ्यो र पहाडी तथा जंगल क्षेत्रहरूमा जनावर वा मानिसहरूका लागि करेन्ट लाग्ने तथा सर्ट सर्किट हुने जोखिम पनि उच्च हुन्थ्यो।

तर, एमभीसीसी मा विशेष लेयर कोटिङ हुने भएकाले यसले चुहावट हुन दिँदैन र करेन्ट लाग्ने जोखिमलाई शून्यमा झार्छ। यो आधुनिक र सुरक्षित प्रविधि नेपालमै उत्पादन गर्न पाउनु हाम्रो लागि ठूलो गर्वको विषय हो।

यसैगरी, एचटी केबल (HT Cable) को उत्पादन पनि भइरहेको छ, जुन एक केभीए र ३३ केभीए क्षमतामा अन्डरग्राउन्ड केबलिङ (भूमिगत तार बिछ्याउने काम) मा प्रयोग हुन्छ। ट्रान्समिसन लाइनदेखि उद्योगहरूको ट्रान्सफर्मरसम्म लाइन तान्न प्रयोग हुने यी केबलहरूलाई भित्री र बाहिरी दुवै प्रयोगमा ल्याउन सकिन्छ। यी उत्पादनहरूले नेपालको पूर्वाधार विकासको गतिलाई तीव्रता दिने सम्भावना बोकेका छन्।

अहिलेसम्म यी उत्पादनहरु विदेशबाट आयात भइरहेका थिए, अब नेपालमै उत्पादन गरेर आयात घटाउने हाम्रो सोँच हो । तर आयात घटाउने र निर्यात बढाउने हाम्रो लक्ष्यमा केही व्यवधान उत्पन्न भइरहेका छन् ।

उदाहरणको लागि केही वर्षअघिसम्म हामीले जीआई तार भारतमा पनि निर्यात गर्थ्यौँ । भारतको उत्तरपूर्वी क्षेत्रदेखि पश्चिमसम्म हाम्रो निर्यात हुन्थ्यो । राजस्थान, गुजरात कर्नाटक लगायतका क्षेत्रमा हाम्रो बजार थियो । तर ३ वर्षदेखि नेपाल सरकारले बजेटमा ल्याएको परिवर्तनले गर्दा निर्यात निकै कम भएको छ । निर्यात गर्दा अनुदान कटौती भयो र थप कर लागेकाले हामीले निर्यातको ठूलो हिस्सा गुमाउन पुगेका छौँ । अहिले त निर्यात् लगभग शून्यमा झरेको छ । हाम्रो मात्र होइन, अरु उद्योगको हालत पनि यस्तै छ ।

वर्तमान आर्थिक मन्दी र गहन प्रतिस्पर्धाको चक्र

विगत दुई–तीन वर्षदेखि नेपाली अर्थतन्त्रले एउटा टफ फेज सामना गरिरहेको छ। कोभिडपछिको छोटो 'बूम' पछि देश फेरि गहिरो मन्दीको चपेटामा परेको छ। यसको सीधा असर बजारमा देखिएको छ, जहाँ घरेलु माग असाध्यै कम भएको छ।

उत्पादन क्षमता पूरा भए पनि पछिल्लो २ वर्षदेखि उद्योगहरूको माग क्षमताको ५० प्रतिशतभन्दा पनि कम छ। यसले बजारमा 'डिप थ्रोट कम्पिटिसन' (गहन प्रतिस्पर्धा) निम्त्याएको छ। हामी स्वीकार गर्छौं कि मन्दी र राम्रो डिमान्ड आउनु एउटा आर्थिक चक्र को हिस्सा हो। तर, हालैको राजनीतिक अस्थिरताले यो सुधारको चक्रमा ब्रेक लगाइदिएको छ। मानिसहरूमा लगानी गर्ने र उपभोग गर्ने आत्मविश्वास घट्दा अर्थतन्त्र सुस्त भएको छ।

हामी अहिले देशको अर्थतन्त्रलाई खराब अवस्था (वर्स्ट सिनारियो) मा चलिरहेको महसुस गर्छौं। तथापि, देशको प्रगति हुन्छ र राजनीतिक स्थिरता आउँछ भन्ने आशामा हामी अडिग छौँ, किनकि पूर्वाधार उत्पादनहरूको माग आफैँ बढेर जानेछ भन्ने हाम्रो विश्वास छ।

हामी सबैको चाहना राजनीतिक स्थिरता हो । राजनीतिक र नीतिगत स्थिरता आयो भने उद्योग कल कारखाना खुल्छन्, नयाँ नयाँ सम्भावनाका ढोका खुल्छन् ।

नीतिगत अवरोधको सङ्घर्ष: घरेलु उत्पादनमाथि अन्याय

हामी स्वदेशमा अत्याधुनिक उत्पादन गरेर आयात रोक्न सफल भए पनि सरकारी नीतिका कारण हामी ठूलो सङ्घर्षमा छौँ। घरेलु उद्योगहरूलाई प्रतिस्पर्धी बन्नबाट रोक्ने दुई प्रमुख नीतिगत अवरोधहरू छन्: अनुभवको जञ्जाल र महसुलको उल्टोपन (Duty Inversion)।

हामीले उत्पादन गर्ने हरेक कुरालाई हामी पहिला नै यो फेजमा तयारी गर्छौँ कि भोलि गएर कुनै पनि टेक्निकल फेलियर नआओस्। त्यसैले, हामी गुणस्तरमा प्रतिस्पर्धा गर्न तयार छौँ, चाहे त्यो सीपीआरआइ (CPRI) होस् वा जहाँसुकैको विश्वस्तरीय ल्याब होस्, तर नयाँ घरेलु उद्योगलाई अनावश्यक 'अनुभव' को जञ्जालमा फसाउनु हुँदैन।

अनुभवको जन्जाल र गुणस्तरको उपेक्षाबार कुरा गरौँ,

नेपाल विद्युत प्राधिकरण वा नेपाल टेलिकम जस्ता सरकारी निकायहरूले पूर्वाधार परियोजनाका लागि निकाल्ने टेन्डरहरूमा आपूर्तिकर्तासँग उक्त उत्पादन यति वर्षसम्म सप्लाई गरेको अनुभव वा यति परिमाण सप्लाई गरेको रेकर्ड (सप्लाई रेकर्डर) हुनुपर्ने मापदण्ड राखिन्छ। जब हामी एभीसीसी वा एचटी केबल जस्ता उत्पादन नेपालमै पहिलो पटक उत्पादन गर्दैछौँ, तब हामीले विगतको अनुभव कहाँबाट देखाउने ? अहिलेसम्म यो उद्योग नै नेपालमा नआएको अवस्थामा अनुभवको माग गर्नु आफैमा विरोधाभासपूर्ण छ।

हाम्रो स्पष्ट आग्रह छ कि, डकुमेन्टेसनको रिक्वायरमेन्टमा डोमेस्टिक उद्योगलाई 'सफ्ट कर्नर' (सहजीकरण) दिनुपर्छ। कम्पनीको विश्वसनीयता हेर्न सकिन्छ, कम्पनी कतिको स्टेबल छ हेर्न सकिन्छ, तर नयाँ उत्पादनको 'सप्लाई रेकर्ड' हेर्नु हुँदैन।

यसको सट्टा, सरकारले गुणस्तर परीक्षणका मापदण्डहरूलाई अत्यन्तै कडा बनाइदिनुपर्छ। हामी आफ्नो उत्पादनको गुणस्तर प्रमाणित गर्नका लागि तयार छौँ। हामीले यसअघि नै एमभीसीसी केबललाई विश्वको सबभन्दा ठूलो र प्रतिष्ठित मानिने नेदरल्यान्ड्सको KEMA ल्याबोरेटरीमा परीक्षण गराएका थियौँ। नेपाल विद्युत प्राधिकरणका इन्जिनियर र प्रोजेक्ट म्यानेजरहरूले हाम्रो उद्योगको भिजिट गरेपछि र परीक्षणमा पोजिटिभ रिपोर्ट आएपछि नै हामीले उत्पादन अगाडि बढाएका हौँ। यसैगरी, हामीले मुज कन्डक्टरको आपूर्ति गर्दा पनि इन्डियाको ठूलो ल्याबोरेटरी TAG मा प्रोजेक्ट म्यानेजरहरूको उपस्थितिमा नै विशेष परीक्षण गराएका थियौँ, जहाँबाट पनि एकदमै पोजिटिभ रिपोर्ट आयो।

हामीले उत्पादन गर्ने हरेक कुरालाई हामी पहिला नै यो फेजमा तयारी गर्छौँ कि भोलि गएर कुनै पनि टेक्निकल फेलियर नआओस्। त्यसैले, हामी गुणस्तरमा प्रतिस्पर्धा गर्न तयार छौँ, चाहे त्यो सीपीआरआइ (CPRI) होस् वा जहाँसुकैको विश्वस्तरीय ल्याब होस्, तर नयाँ घरेलु उद्योगलाई अनावश्यक 'अनुभव' को जञ्जालमा फसाउनु हुँदैन।

हामी वर्तमान अर्थमन्त्रीज्यूबाट ठूलो अपेक्षा राख्छौँ किनभने उहाँ अर्थ विज्ञ नै हुनुहुन्छ र उहाँले उद्योग क्षेत्रका हरेक परिस्थितिहरू हेर्नुभएको छ। हाम्रो विश्वास छ कि उहाँको नेतृत्वमा देशको अर्थतन्त्रमा केही न केही सुधार हुनेछ।

महसुलको उल्टोपन र निर्यातमा अवरोधको पनि कुरा गरौँ

सरकारको हालको भन्सार नीतिमा देखिएको ‘उल्टोपन’ (Duty Inversion) ले घरेलु उद्योगको प्रतिस्पर्धी क्षमतालाई मारिरहेको छ। पछिल्लो बजेटमा वायर रड जुन नेपालमा प्रायः उत्पादन हुँदैन, त्यसलाई 'र मेटरियल' मान्दै त्यसमा लाग्ने भन्सार दर ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्‍याइएको छ। तर, विडम्बना यो छ कि सोही वायर रडबाट बन्ने 'तयारी वस्तु' अर्थात् जीआई तार सार्क राष्ट्रहरूबाट आयात गर्दा केवल ६ प्रतिशत महसुलमा नेपाल भित्रिन्छ।

यस्तो अवस्थामा, यदि हाम्रो कच्चा पदार्थ (१० प्रतिशत) तयारी वस्तु (६ प्रतिशत) भन्दा महँगो पर्छ भने, घरेलु उद्योग कसरी प्रतिस्पर्धा गर्न सक्छ? यो नीतिले देशलाई आत्मनिर्भर बनाउनुको सट्टा उल्टा आयातलाई नै ठूलो प्रिफरेन्स दिएको छ। कतिपय सरकारी टेन्डरहरूमा त इपीसी कन्ट्र्याक्टरहरूले विदेशबाट केबल कन्डक्टरहरू ल्याउँदा डिउटी फ्री मा पाउने क्लज पनि राखिएको छ, जबकि हामीले यहाँ र मेटरियल किन्दा डिउटी तिर्नुपरिरहेको छ। यो पूर्ण रूपमा 'इम्पोर्टलाई सपोर्ट' गर्ने क्लज हो, जसलाई तत्काल हटाउनु आवश्यक छ।

यसबाहेक, करिब तीन वर्षअघि बजेटमा गरिएको परिवर्तनका कारण जीआई तारको निर्यात व्यापार पनि पूर्ण रूपमा बन्द भएको छ। निर्यात गर्दा लाग्ने अन्तःशुल्क (Excise Duty) को रिफन्ड नपाउने प्राविधिक जटिलताले समग्र निर्यात व्यापार ठप्प भएको छ, जसले देशको राजस्व र रोजगारी सिर्जनामा नकारात्मक असर पारेको छ।

 सरकार र अर्थमन्त्रीसँगको अपेक्षा

हामी वर्तमान अर्थमन्त्रीज्यूबाट ठूलो अपेक्षा राख्छौँ किनभने उहाँ अर्थ विज्ञ नै हुनुहुन्छ र उहाँले उद्योग क्षेत्रका हरेक परिस्थितिहरू हेर्नुभएको छ। हाम्रो विश्वास छ कि उहाँको नेतृत्वमा देशको अर्थतन्त्रमा केही न केही सुधार हुनेछ।

हाम्रा मुख्य अपेक्षाहरू निम्नानुसार छन्:

महसुल दरमा सुधार: सरकारले कुन उद्योग नेपालमा छ, उसले के उत्पादन गरिरहेछ र उसको कच्चा पदार्थ तथा तयारी वस्तुको भन्सार दर कति छ भन्ने इभ्यालुएसन गरेर कच्चा पदार्थ र तयारी वस्तुको महसुल दरमा कम्तीमा एक तह वा दुई तहको स्पष्ट भिन्नता (Level Playing Field) कायम गरिदिनुपर्छ।

निर्यातमा सहजीकरण: जीआई तारको निर्यातमा देखिएको एक्साइज डिउटी रिफन्ड जस्ता प्राविधिक जटिलतालाई सरकारले बुझेर समाधान गरिदिनु पर्‍यो, ताकि हामी पुन: विश्व बजारमा प्राइस कम्पिटिटिभ भएर निर्यात गर्न सकौँ।

घरेलु उद्योगलाई प्राथमिकता: सरकारले डोमेस्टिक उद्योगलाई प्राथमिकता दिने नीति लागू गरेमा मात्र देशमा रोजगारी सिर्जना हुन्छ, हामीले उत्पादन गरेको बिजुली खपत हुन्छ, र सरकारले पाउने ट्याक्सेसन पनि बढ्छ। अहिलेको स्थितिले रोजगारी घट्ने, बिजुली खपत कम हुने र सरकारको राजस्व पनि मिनिमाइज हुने 'सेटब्याक' मा पुर्‍याएको छ।

हामी केवल यस्तो वातावरणको अपेक्षा गर्दछौं जहाँ हामीले गरेको लगानी, प्रविधि र गुणस्तरको कदर होस् र हामी राष्ट्रलाई आयातमा निर्भरताबाट मुक्त गरी 'सेल्फ डिपेन्डेन्ट' बनाउन सकौं।

अन्त्यमा, म के अनुरोध गर्न चाहन्छु भने देशको अर्थतन्त्रलाई उकास्नका लागि घरेलु उद्योगलाई प्राथमिकता दिन आवश्यक छ । यसको लागि सरकारले ध्यानदिनुपर्ने हुन्छ । यसमा उद्यागीहरुको सहयोग र सल्लाह आवश्यक छ भनेपनि हामी सरकारसँग हातेमालो गर्न सधैँ सकारात्मक नै छौँ । देशको उन्नतिलाई प्राथमिकता दिनु नै अहिलेको मुख्य कार्य हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ