२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एडम रोसिङटनको शतकमा पोखराले कर्णालीलाई दियो २०२ रनको विशाल लक्ष्य

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २०१ रन बनाएको हो ।

एनपीएल दोस्रो सिजनमा २०० रन बनेको यो दोस्रो पटक हो । यसअघि विराटनगर किंङ्सले पोखरा एभेन्जर्सविरुद्ध २२० रन बनाएको थियो ।

पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे ।

त्यस्तै, जेसोन रोयले ४६ रन बनाए भने कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए । साथै, धनन्जय लक्षन २३ रनमा अविजित रहे ।

बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एक–एक विकेट लिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट