२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

झापामा बेमौसमी वर्षाले धान उत्पादन घट्यो

बिहिवार , मंसिर १८, २०८२

झापा । बेमौसमी वर्षाले धानखेतीमा क्षति पुर्‍याएपछि जिल्लामा यो वर्ष उत्पादन घटेको छ । गत असोज र कात्तिकमा आएको बेमौसमी वर्षाका कारण गत वर्षको तुलनामा धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कार्यालयका प्रमुख सागर विष्टका अनुसार जिल्लामा यस वर्ष तीन लाख ५४ हजार ३५२ मेट्रिकटन धान उत्पादन भएको छ । गत असोज र कात्तिकको वर्षा कारण २३ हजार ५६४ मेट्रिकटन धान क्षति भएको उनले जानकारी दिए ।

जिल्लामा ७२ हजार ७४३ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आइएको केन्द्रले जनाएइको छ । धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव १९ मेट्रिकटन रहेको प्रमुख विष्टले बताए । गत वर्ष ७५ हजार ४५९ हेक्टर जमिनमा धानखेती गरिएकामा तीन लाख ८२ हजार ८१२ मेट्रिकटन उत्पादन भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ