२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गोवा नाइट क्लबमा सिलिण्डर विस्फोट, २३ जनाको मृत्यु

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । भारतको गोवा स्थित अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा सिलिण्डर पड्किँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। विस्फोटपछि क्लबमा भीषण आगलागी भएको थियो।

घटना शनिबार राति करिब १२ बजेतिर भएको भारतीय प्रहरीले जनाएको छ। आगलागीका कारण धेरै व्यक्तिको जलेर तथा धुवाँमा निसासिएर मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

घटनाबारे जानकारी पाएपछि गोवाका मुख्यमन्त्री प्रमोद सावन्त सहित स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका अधिकारीहरू घटनास्थल पुगेका थिए। मुख्यमन्त्री सावन्तका अनुसार मृतकमध्ये तीन महिला र केही पर्यटकसमेत रहेका छन्।

गोवा सरकारले घटनाको जाँच प्रक्रिया अघि बढाएको छ। साथै, दोषी पहिचान गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताइएको छ।

आगो नियन्त्रणमा लिएको भए पनि मृतकहरूको पहिचान तथा घाइतेहरूको अवस्थाबारे थप विवरण सार्वजनिक गर्न बाँकी छ। अधिकारीहरूले उद्धार र अनुसन्धान कार्य निरन्तर जारी रहेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ