२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसीसीको बधाई

सोमवार , मंसिर २९, २०८२

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का अध्यक्ष जय शाहले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई नेपाल प्रिमियर लिग (एनपिएल) सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिएका छन् ।

एनपीएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् । अध्यक्ष चन्दको नेतृत्वमा नेपाली क्रिकेट अर्को नयाँ उचाइमा पुग्ने उनले विश्वास व्यक्त गरेका छन् । एनपिएलले नयाँ खेलाडी मात्र उत्पादन गर्ने नभई अन्तराष्ट्रियस्तरमा आफूलाई बलियो बनाउँदै लैजानेमा अध्यक्ष शाहको विश्वास छ ।

एनपीएलले सङ्गठनात्मक व्यवस्थापन र क्रिकेटको गुणस्तरका दृष्टिले उदाहरणीय मापदण्ड स्थापित गरेको उल्लेख गर्दै अध्यक्ष शाहले भविष्यमा नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि क्यानलाई निरन्तर सफलता मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ