२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार पनि

बुधवार , पौष २, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका ब्याट्सम्यान एडम रोसिङटनले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ जित्दै थप ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले उनलाई उत्कृष्ट ब्याटिङ प्रदर्शनका लागि उक्त सम्मान प्रदान गरेको हो। रोसिङटनको अनुपस्थितिमा पुरस्कारको चेक लुम्बिनी लायन्सका सहायक प्रशिक्षक सुबास खकुरेल मार्फत हस्तान्तरण गरिएको छ ।

पोखरा एभेन्जर्सबाट खेल्दै एडम रोसिङटनले ७ खेलमा ३२३ रन बनाउँदै प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन्। पोखरा लिग चरणबाटै बाहिरिए पनि रोसिङटनले एक शतक र दुई अर्धशतकको सहयोगमा प्रभावशाली प्रदर्शन गरेका थिए।

अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त काठमाडौँको थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले प्रतियोगिताका प्रत्येक खेलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्रदान गर्दै आएको थियो।

क्यानसँगको सहकार्यमा उक्त क्याप प्रदान गरिएको कलेजका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए। उनका अनुसार प्रतियोगिताका दौरान एडम रोसिङटन, मार्क वाट र रबि बोपाराले प्लाटिनम क्याप लगाएका थिए। प्रतियोगिता समाप्त हुँदा रोसिङटन नै सर्वाधिक रन बनाउने खेलाडी बने।

एनपीएलको सुरुवातदेखि नै अफिसियल एजुकेशन पार्टनर रहेको कलेजले रोसिङटनलाई प्लाटिनम क्यापसँगै थप ५० हजार रुपैयाँ नगद पुरस्कारसमेत प्रदान गरेको जनाएको छ।

प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले पछिल्लो १५ वर्षदेखि व्यवस्थापन र पाँच वर्षदेखि आईटी संकायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ।

खेलकुदले युवाको क्षमता र मनोबल अभिवृद्धि गर्ने विश्वासका साथ एनपीएलमार्फत खेलाडीलाई थप प्रेरणा दिन विशेष कार्यक्रम तथा पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष केसीले बताए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ