२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने अमेरिकाको घोषणा

शुक्रवार , पौष ४, २०८२

वाशिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डाइभर्सिटी भिसा (डिभी) लटरी कार्यक्रममा अस्थायी रोक लगाउने भएको छ ।

राष्ट्रिय सुरक्षा र आप्रवासन प्रणालीमा सुधार आवश्यक रहेको दाबी गर्दै ट्रम्प प्रशासनले यो कार्यक्रम ‘पज’ गर्ने बताएको हो । ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी कृष्टी नोएमले डिभी लोटरी कार्यक्रममा अस्थायी रोक लगाउने निर्णय भएको बताएकी हुन्।

गोलीकाण्डमा संलग्न भएका व्यक्ति डिभी लोटरी कार्यक्रमबाटै ८ वर्षअघि अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्पले त्यस्तो निर्देशन दिएको न्यूयोर्कबाट प्रकाशन हुने सिबिएस न्युजले उल्लेख गरेको छ ।

यो कार्यक्रमलाई ‘ग्रीन कार्ड लोटरी’ का रूपमा पनि चिनिन्छ, जसले कम आप्रवासन दर भएका देशका नागरिकहरूलाई वार्षिक रूपमा लोटरीमार्फत ५०,००० सम्म ग्रीन कार्ड प्रदान गर्दै आएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ