२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा बागेश्वरी मन्दिरमा पूजा अर्चना गरेर सुरु

शनिवार , पौष ५, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को बिजेता लुम्बिनी लायन्सले विजेता ट्रफी उत्सव यात्रा सुरु गरेको छ ।

विजेता टिम लुम्बिनी लायन्सले नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा पूजा अर्चना गरेर विजेता ट्रफी उत्सव यात्रा सुरु गरेको हो । त्यस क्रममा ट्रफीलाई मन्दिर परिक्रमा गराइएको थियो । त्यसपछि नगर परिक्रमा गराई बर्दियातर्फ लगिएको छ ।

बर्दियाबाट दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी हुँदै पुस १६ गते रुपन्देहीको भैरहवास्थित मायादेवी मन्दिरमा पुगेर विजेता ट्रफी उत्सव यात्रा समापन हुने बताइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ