२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

क्योकुशिन काईकान सोनोडा कराँते ठेचो डोजोमा बेल्ट टेस्ट तथा ग्रेडिङ सम्पन्न

सोमवार , पौष ७, २०८२

ललितपुर । नेपाल क्योकुशिन काईकान सोनोडा कराँते संघ ठेचो डोजोका कराँते खेलाडीहरूको शनिवार बेल्ट टेस्ट तथा ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ।

क्युकोसिन काईकान सोनोडा कराँते अन्तर्गत ठेचो डोजोका १५ जना खेलाडीको ग्रेडिङ गरिएको हो। ठेचो दुरिखेल ग्राउड परिसरमा आयोजित बेल्ट टेस्टमा ५ जना खेलाडी हवाइट बेल्ट उत्तीर्ण गरी अरेन्ज बेल्टमा प्रवेश गरेका छन्।

त्यसैगर, पाँचजना ओरेन्ज बेल्ट पूरा गरी ब्लु बेल्टमा स्तरोन्नति भएका छन् भने २जना खेलाडी ब्लु बेल्ट उत्तीर्ण गरी एलो बेल्टमा ३ जना एलो बेल्ट बाट ग्रीन बेल्ट स्तरोन्नति भएको प्रमुख प्रशिक्षक बिक्रम महर्जन ले जानकारी गराए।

नेपाल क्युकोशिन काईकान सोनोडा कराँते एशोसिएशनको मापदण्ड अनुसार सम्पन्न बेल्ट टेस्टको परीक्षकमा नेपाल क्योकुशिन काईकान सोनोडा कराँते संघका सिहान ज्ञानु रत्न शाक्य ,प्रशिक्षक बिक्रम महर्जन ,अश्मिन के सि र प्रशिक्षक तथा ठेचो सब डोजोका चेयरम्यान यज्ञ राज गिरी को उपस्थितिमा सम्पन्न भयको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ