२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

खेलाडी र दर्शकको क्रिकेट लगाव विश्वकपमा छनोट हुने मुख्य आधार : मुख्य प्रशिक्षक पाठक

मंगलवार , पौष ८, २०८२

कीर्तिपुर (काठमाडौँ) । नेपाली महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली खेलाडीका साथै नागरिकस्तरमा समेत रहेको लगाव नेपाली टोली विश्वकपमा छनोट मुख्य आधार रहेको बताएका छन् ।

नेपाल क्रिकेट सङ्घ(क्यान)द्वारा आज आयोजित अन्तक्र्रियामा मुख्य प्रशिक्षक पाठकले घरेलु दर्शकको अपार मायाका कारण नेपाली टोलीलाई जित्नका लागि खेल्ने प्रेरणा मिलिरहेको बताए । आफूले यसअघि थाइल्यान्डको प्रशिक्षक रहँदा विपक्षी रूपमा पनि राम्रोसँग हेरेको बताउँदै उनले नेपाली टोली विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरे । उनले भने, “नेपाली टोलीमा खेलेरै सिक्ने अद्भूत क्षमता छ ।”

नेपाल क्रिकेट सङ्घ क्यानले आसन्न आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटलाई लक्षित गरेर पहिलोपटक विदेशी मुख्य प्रशिक्षकका रूपमा पाठकलाई नियुक्त गरेको थियो ।

“नेपाली टोलीमा राम्रो गर्नसक्ने क्षमता पनि छ । विश्वकपमा छनोट हुने सम्भावना राम्रो नै देखेको छु”, मुख्य प्रशिक्षक पाठकले भने । राम्रो  योजना बनाएर कार्यान्वयन गर्न सके नेपाली महिला क्रिकेट टोलिले उत्साहपूर्ण नतिजा दिनसक्ने भनाइ उनको थियो ।

क्यानका क्रिकेट प्रबन्धक विनोद दासले पाठक आगामी दुई वर्षका लागि महिला टोलीको प्रशिक्षक नियुक्त गरिरहेको जानकारी दिए । भारतीय मूलका पाठकले सन् २०१८ देखि सात वर्षसम्म थाइल्यान्डको प्रशिक्षक रहँदा एसिया छनोट र ग्लोबल छनोट दुवै पार गराएर थाइल्यान्डलाई पहिलोपटक महिला टि–२० विश्वकपमा पुर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ