२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सौराहामा '१९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव' को रौनक [फोटोफिचर]

शुक्रवार , पौष ११, २०८२

चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा शुक्रबारदेखि '१९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव' सुरु भएको छ।

महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरे। पर्यटन प्रवर्द्धनका उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको यो महोत्सव पुस १३ गतेसम्म सञ्चालन हुनेछ।

महोत्सवको पहिलो दिन हात्तीको फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना गरिएको थियो, जसले दर्शकको ध्यान आकर्षित गरेको थियो।

क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनको आयोजनामा तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको सहआयोजनामा महोत्सव गरिएको हो। विसं २०५५ देखि सुरु भएको यस महोत्सवमा यस वर्ष करिब ८० वटा सरकारी तथा निजी क्षेत्रका हात्ती सहभागी छन्।

महोत्सवअन्तर्गत हात्ती श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दैनिक जीवनशैलीबारे जानकारी, हात्ती पूजा, शोभायात्रा तथा हात्तीमैत्री प्रतियोगिताहरू आयोजना गरिने छन्। त्यस्तै, पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन तथा पाहुनाका लागि हात्ती, जिप र डुंगा सफारीको व्यवस्था गरिएको छ।

आयोजकका अनुसार महोत्सवले हरेक वर्ष २५ देखि ३० प्रतिशतसम्म पर्यटक आगमन वृद्धि गर्न सहयोग पुर्‍याउँदै आएको छ। हाल सौराहामा करिब १५० होटल र ९० भन्दा बढी रेस्टुरेन्ट सञ्चालनमा छन्। वार्षिक करिब तीन लाख पर्यटक चितवन आउने गरेका छन्, जसमध्ये अधिकांश सौराहामा केन्द्रित हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ