२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चीनद्वारा ‘फेङ्ग्युन-४-०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

आइतवार , पौष १३, २०८२

शिचाङ्ग, सिन्ह्वा । चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

‘फेङ्ग्युन–४–०३’ नामक उपग्रहलाई’ लङ मार्च–३ बी’ रकेटमार्फत बिहान १२ बजेर ७ मिनेटमा (बेइजिङ समयअनुसार) प्रक्षेपण गरिएको हो । प्रक्षेपणपछि उक्त उपग्रह निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको जनाइएको छ ।

‘फेङ्ग्युन–४–०३’ चीनले विकास गरेको मौसम अवलोकन उपग्रह हो, जसले मौसम पूर्वानुमान, जलवायु अनुगमन, प्राकृतिक प्रकोपको प्रारम्भिक चेतावनी तथा वातावरणीय अवलोकन जस्ता कार्यमा सहयोग पुर्याउँछ ।

यस उपग्रहमा उन्नत उपकरणहरू जडान गरिएका छन्, जसले बादल, वर्षा, आँधी, तापक्रम तथा वायुमण्डलीय गतिविधिको सूक्ष्म र निरन्तर निगरानी गर्न सक्षम बनाउँछ । यसबाट प्राप्त तथ्याङ्कले जनजीवन सुरक्षा, कृषि, उड्डयन, जलस्रोत व्यवस्थापन तथा आपतकालीन व्यवस्थापनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

यो प्रक्षेपण ‘लङ मार्च’ रकेट शृङ्खलाको ६२१ औँ उडान रहेको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ