२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एन्फाको चुनावी साधारणसभा आगामी माघमा

बुधवार , पौष १६, २०८२

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को चुनावी साधारणसभा आगामी माघको अन्तिम साता झापामा हुने भएको छ ।

सातदोबोटोस्थित एन्फा मुख्यालयमा एन्फा अध्यक्ष पङ्कज बिक्रम नेम्वाङको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले आगमी माघ २८ गते चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो । एन्फाको कार्यसमितिको कार्यकाल आगामी असार ४ गते सकिँदै छ । यस चार वर्षे कार्यकाललाई छोट्याएर माघमै निर्वाचन गर्ने बैठकले पारित गरेको हो ।

त्यस्तै बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखा परीक्षण गर्न लेखापरीक्षण तथा अनुपालक समितिको सिफारिस बमोजिम सुबोध एसोसियट्सलाई नियुक्त गर्ने निर्णय पारित भएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ