२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चितवनले स्वास्थ्य सेवा प्रवाहमा ठुलो फड्को मारेको छः डा. शिवजी पौडेल

शुक्रवार , पौष १८, २०८२

चितवन । बिपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले चितवनले स्वास्थ्य सेवा प्रवाहमा उल्लेखनीय फड्को मारेको बताएका छन्।

भरतपुर महानगरपालिकाको सहकार्यमा सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’ कार्यक्रममा बोल्दै उनले चिकित्सा शिक्षाको क्षेत्रमा पनि भरतपुर निरन्तर अगाडि बढिरहेको उल्लेख गरे।

डा. पौडेलका अनुसार बिपी कोइराला क्यान्सर अस्पतालले हाल देशका करिब दुई तिहाइ क्यान्सर रोगीको उपचार गर्दै आएको छ। साथै, अस्पतालमा उपचार गराउने कुल बिरामीमध्ये करिब दुई प्रतिशत छिमेकी मुलुक भारतबाट आउने गरेका छन्।

बिपी कोइराला क्यान्सर अस्पतालकै कारण भरतपुरले स्वास्थ्य क्षेत्रमार्फत आफ्नै छुट्टै पहिचान स्थापित गर्न सफल भएको उनले बताए।

सुनौलो नेपालले भरतपुर महानगरपालिकाको सहकार्यमा आज चितवनको भरतपुरमा ‘भरतपुर कन्क्लेभ’ को आयोजना गरेको हो । भरतपुरस्थित होटल सिराइचुलीमा भएको उक्त कार्यक्रम भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको छ ।

तीन वटा प्यानलमा विभाजित कार्यक्रममा भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ