२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मादुरो अमेरिकाको नियन्त्रणमा: उपराष्ट्रपति रोड्रिगेजले सम्हालिन् कार्यकारी राष्ट्रपतिको जिम्मेवारी

आइतवार , पौष २०, २०८२

काठमाडौं । अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याएपछि भेनेजुएलाको उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक भएको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अर्को सरकार गठन नहुन्जेल अमेरिकाले नै शासन सञ्चालन गर्ने घोषणा गरेका छन्।

डेल्सी रोड्रिगेज १८ मे १९६९ मा काराकसमा जन्मेकी हुन्। उनका पिता जर्ज एन्टोनियो रोड्रिगेज वामपन्थी गुरिल्ला लडाकू थिए। उनले कानूनमा स्नातक गरेकी हुन् र अधिवक्ता पनि हुन्।

राजनीतिक जीवनमा रोड्रिगेज लामो समयदेखि मादुरो सरकारसँग नजिकको सहयोगी रहिन्। उनले ह्युगो चावेजको समर्थनमा काम गरिसकेकी छिन्।

उपराष्ट्रपतिका रूपमा रोड्रिगेजले देशको आर्थिक र राजनीतिक निर्णयहरू सम्हाल्दै, चरम महँगी र आर्थिक चुनौतीको सामना गर्दै आएको छ। मादुरो हिरासतमा परेपछि उनले सार्वजनिक रूपमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै प्रशासनिक निरन्तरता कायम गर्न आग्रह गरेकी छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ