२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भेनेजुएलाको अवस्थाबारे सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक

आइतवार , पौष २०, २०८२

एजेन्सी । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार भेनेजुएलासम्बन्धी विषयमा आपतकालीन बैठक बसाल्ने भएको छ । सुरक्षा परिषद्को वर्तमान अध्यक्षताले शनिबार यसबारे जानकारी दिएको हो ।

सोमाली स्थायी मिसनकी प्रवक्ता खादिजा अहमदका अनुसार, अध्यक्षताले सोमबार बिहान १० बजे आपतकालीन बैठक आयोजना गर्ने तयारी गरेको छ । जनवरी महिनाका लागि सुरक्षा परिषद्को अध्यक्षता सोमालियाले सम्हालेको छ ।

समाचारअनुसार, संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाविरुद्ध सैन्य कारबाही सञ्चालन गर्दै राजधानी काराकासबाट भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ