२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

परराष्ट्र सम्बन्ध- राष्ट्रिय हितको बुद्धिमानी सन्तुलन

शुक्रवार , माघ २, २०८२

परराष्ट्र सम्बन्ध औपचारिक भेटघाट, शिष्टाचार वा कूटनीतिक कार्यक्रमको सूची मात्र होइन। यो राष्ट्रको अस्तित्व, निर्णय–स्वतन्त्रता, सुरक्षा सन्तुलन, आर्थिक सम्भावना र दीर्घकालीन स्थिरता निर्धारण गर्ने रणनीतिक प्रणाली हो। शक्ति–सन्तुलन द्रुत रूपमा फेरिँदै गर्दा, व्यापार–प्रविधि–सुरक्षाको प्रतिस्पर्धा जटिल बन्दै जाँदा, संवेदनशील भूगोल भएका राष्ट्रका लागि परराष्ट्र नीति भावनाबाट होइन—बौद्धिक अनुशासन र राष्ट्रिय हित–केन्द्रित दृष्टिबाट चल्नुपर्छ। नेपालवादका दृष्टिमा परराष्ट्र नीति राष्ट्रलाई कसैको छायाँ होइन, आफ्नै विवेक र आत्मसम्मानमा उभ्याउने दीर्घकालीन बुद्धि हो। “परराष्ट्र नीति कमजोर भयो भने राष्ट्र बाहिर होइन, भित्रैबाट अस्थिर हुन्छ।”

नेपालको भूराजनीतिक अवस्थिति चुनौतीसँगै रणनीतिक सम्भावनाको केन्द्र पनि हो। दुई शक्ति–केन्द्रबीचको अवस्थिति, खुला सीमा, हिमाली भूभाग, जलस्रोत, ऊर्जा सम्भावना, श्रम–आप्रवासन र सांस्कृतिक विशिष्टताले नेपाललाई निष्क्रिय होइन—सक्षम बनाउने आधार दिन्छ। समस्या अवसरको अभाव होइनस अवसरलाई रणनीतिमा बदल्ने क्षमता कमजोर हुनु हो। इतिहासले देखायो—जब नीति अस्पष्ट भयो, आन्तरिक अस्थिरता बढ्योस जब नीति स्पष्ट र संस्थागत भयो, नेपालले आत्मसम्मानका साथ संवाद गर्न सक्यो। “भूगोल नियति हुन सक्छ, तर नीति भविष्य बनाउने शक्ति हो।”

विगतमा परराष्ट्र अभ्यासमा निरन्तरताको अभावले राष्ट्रिय हितलाई धुमिल बनायो—कहिले अति–निर्भरता, कहिले अनावश्यक सन्तुलन–डर, कहिले भावनात्मक प्रतिक्रिया, कहिले नेतृत्व–केन्द्रित कूटनीति। कूटनीति व्यक्तिको शैली होइनस यो संस्थागत स्मृति, नीति–अनुशासन र स्थिर दृष्टिमा आधारित हुनुपर्छ। सरकार फेरिँदा नीति हल्लिनु कूटनीतिक कमजोरी हो। नेपालवाद भन्छ—परराष्ट्र सम्बन्ध सरकारको नीति होइनस यो राज्यको स्थायी रणनीतिक सम्पत्ति हो। “कूटनीति अनुहारले होइन, संस्थागत स्मृतिले चल्नुपर्छ।”

नेपालको परराष्ट्र दृष्टि तीन आधारमा उभिनुपर्छ। पहिलो—निरपेक्ष राष्ट्रिय हितस् निर्णयको केन्द्रमा दीर्घकालीन सुरक्षा, आर्थिक क्षमता र निर्णय–स्वतन्त्रता। दोस्रो—सन्तुलित साझेदारीस् कुनै एक शक्ति–केन्द्रमा अति–निर्भरता होइन, बहु–आयामिक सम्बन्ध। तेस्रो—नीतिगत निरन्तरतास् सरकार फेरिए पनि प्रतिबद्धता नढल्ने संस्थागत स्थिरता। यी आधार कमजोर भए नीति प्रतिक्रियात्मक र अस्थिर रहन्छ। “जहाँ हित स्पष्ट हुँदैन, त्यहाँ सन्तुलन पनि टिक्दैन।”

नेपालवादका दृष्टिमा परराष्ट्र सम्बन्ध भावुकता होइन—यथार्थमा आधारित हुनुपर्छ। विश्व राजनीति स्थिर मित्र–शत्रुमा चल्दैनस यो हित, समय र सन्तुलनको गतिशील खेल हो। सबै देश सधैं मित्र हुँदैनन्, तर सबैसँग व्यवहारिक सम्बन्ध सम्भव हुन्छ। सबै शक्ति नेपालको हितमा काम गर्दैनन्, तर नेपालको हितका लागि सबैसँग संवाद गर्न सकिन्छ—यदि नीति आत्मविश्वासी र स्पष्ट भयो भने। कूटनीति सम्बन्ध बढाउने कला मात्र होइनस राष्ट्रिय हित जोगाउने विज्ञान हो। “भावनाले सम्बन्ध बन्छ, तर हितले राष्ट्र टिक्छ।”

आगामी दशकमा परराष्ट्र नीति पाँच दिशामा केन्द्रित हुनुपर्छ। पहिलो—सुरक्षा कूटनीतिस् भू–संवेदनशीलतालाई स्थायित्वमा रूपान्तरण। दोस्रो—आर्थिक कूटनीतिस् लगानी, निर्यात, पर्यटन, प्रविधि र बजार पहुँच। तेस्रो—जल तथा ऊर्जा कूटनीतिस् प्राकृतिक स्रोतलाई रणनीतिक लाभमा बदल्ने। चौथो—श्रम कूटनीतिस् श्रमिकको सुरक्षा, सम्मान र सीप–पुनरागमन। पाँचौँ—सांस्कृतिक कूटनीतिस् सभ्यता, इतिहास र पहिचानलाई आत्मविश्वासका साथ प्रस्तुत गर्ने। “कूटनीतिक दिशा स्पष्ट भयो भने राष्ट्रको आवाज बलियो हुन्छ।”

कूटनीतिक संरचना समयअनुकूल रूपान्तरण हुनुपर्छ। परराष्ट्र सेवा प्रोटोकलमा सीमित रहन सक्दैन। डिजिटल दूतावास प्रणाली, व्यापार–केन्द्रित मिसन, श्रम–सुरक्षा संयन्त्र, भू–राजनीतिक जोखिम अध्ययन, आर्थिक विश्लेषण र बहुपक्षीय नीति केन्द्र—यी आधुनिक अवयव हुन्। परराष्ट्र मन्त्रालय पत्राचार गर्ने कार्यालय होइनस अन्तर्राष्ट्रिय भविष्य डिजाइन गर्ने रणनीतिक केन्द्र बन्नुपर्छ। “संरचना पुरानो भयो भने नीति सही भएर पनि प्रभाव कमजोर हुन्छ।”

नेपालले विश्वका अभ्यासबाट सिक्न सक्छ, तर नक्कलले मात्र दीर्घकालीन सम्मान दिंदैन। सफल अभ्यासको सार ग्रहण गरेर नेपाल–अनुकूल नीति बनाउनु नै बुद्धिमानी हो। कूटनीति आयात गर्ने वस्तु होइनस यो राष्ट्रिय यथार्थमा आधारित रूपान्तरणको प्रक्रिया हो। नेपालवाद यही अनुशासनमा उभिन्छ—सिकाइ विश्वबाट, तर निर्णय नेपालको दीर्घकालीन हितअनुसार। “अनुकरणले सम्बन्ध बनाउँछ, रूपान्तरणले सम्मान दिलाउँछ।”

अन्ततः परराष्ट्र सम्बन्ध नेपालवादका दृष्टिमा ढाल र पुल दुवै हो—ढालस् सार्वभौमिकता, निर्णय–स्वतन्त्रता र सुरक्षा जोगाउनस पुलस् लगानी, ज्ञान, प्रविधि, साझेदारी र अवसर भित्र्याउन। नीति स्पष्ट, सन्तुलित, संस्थागत र दीर्घकालीन भयो भने राष्ट्र दबाबमा झुक्दैनस सम्मानका साथ उभिन्छ। “सन्तुलित कूटनीति दबाब टार्छ, बुद्धिमानी कूटनीति भविष्य खोल्छ।”

नेपालवादको निष्कर्ष स्पष्ट छ—राष्ट्रिय हित–केन्द्रित सोच, सन्तुलित साझेदारी, आर्थिक–केन्द्रित कूटनीति, मानव–सम्मानमा आधारित नीति र दीर्घकालीन भू–रणनीतिक दूरदृष्टि। यी आधारमा उभिएको परराष्ट्र नीति नेपाललाई सुरक्षित मात्र होइन—विश्वसनीय, सम्मानित र आत्मनिर्भर राष्ट्र बनाउँछ। “राष्ट्र तब बलियो हुन्छ, जब ऊ झुकेर होइन—सन्तुलनमा उभिएर बोल्छ।”

१ राष्ट्रिय हित तथा विदेश नीति

राष्ट्रिय हित स्पष्ट नभए विदेश नीति दिशाहीन बन्छ र बाह्य प्रभाव सजिलै प्रवेश गर्छ। नेपालका लागि हित भनेको सीमा सुरक्षा, निर्णय–स्वतन्त्रता, आर्थिक सम्भावना र पहिचानको संयुक्त आधार हो। सरकार बदलिँदा भाषा र प्राथमिकता फेरिँदा विश्वले अस्थिर संकेत पाउँछ, जसले दबाब बढाउँछ। त्यसैले विदेश नीति कार्यकालको कागज होइन—पुस्तागत मार्गदर्शन बन्नुपर्छ। हित परिभाषित भएपछि मात्रै छिमेकी सम्बन्ध, बहुपक्षीय उपस्थिति, आर्थिक लक्ष्य र सुरक्षा सन्देश एउटै लयमा चल्छन्। नीति तथ्य, जोखिम मूल्याङ्कन र संस्थागत स्मृतिमा टिकेपछि कूटनीति प्रतिक्रियात्मक होइन—रणनीतिक बन्छ। “हित स्पष्ट भयो भने नीति स्वतः आत्मविश्वासी हुन्छ।”

२ छिमेकी राष्ट्रहरूसँग सन्तुलित तथा सम्मानजनक सम्बन्ध

छिमेकीसँग सन्तुलन नेपालका लागि विकल्प होइन—भू–राजनीतिक जीवनशक्ति हो। एकतर्फी झुकावले क्षणिक सजिलो दिन सक्छ, तर दीर्घकालीन निर्भरता र जोखिम बढाउँछ। सन्तुलनको अर्थ दूरी राख्नु होइनस आफ्नै हितको केन्द्रमा उभिएर सम्मानसहित सहकार्य गर्नु हो। व्यापार मार्ग, ऊर्जा आपूर्ति, आवागमन र सीमा व्यवस्थापनमा विकल्प निर्माण, नियम–आधारित व्यवहार र पारदर्शी संवाद अनिवार्य हुन्छ। खुला सीमालाई अनुशासन, प्रविधि र मानवीय मापदण्डमा सञ्चालन गर्दा गलत बुझाइ घट्छ। पहिचान सुरक्षित रहँदा मात्रै सांस्कृतिक निकटता टिक्छ।

“विकल्प भएको राष्ट्र मात्र निष्पक्ष निर्णय गर्न सक्षम हुन्छ।”

३ बहुपक्षीय कूटनीति तथा अन्तर्राष्ट्रिय साझेदारी

बहुपक्षीय मञ्च औपचारिक उपस्थिति होइनस सानो राष्ट्रका लागि आवाजलाई प्रभावमा बदल्ने माध्यम हो। सदस्यता आफैंमा उपलब्धि होइन—स्पष्ट एजेन्डा, तथ्य–आधारित प्रस्तुति र निरन्तर तयारीले प्रभाव जन्माउँछ। नेपालले जलवायु, हिमाली पारिस्थितिको, जलस्रोत, शान्ति योगदान र जैविक विविधता जस्ता विषयलाई प्राथमिकतामा राखेर समाधान–केन्द्रित प्रस्ताव पेस गर्नुपर्छ। साझेदारी बराबरी, पारदर्शिता र दीर्घकालीन लाभमा आधारित हुँदा निर्भरता घट्छ। स्थायी प्रतिनिधित्व, नीति–अनुसन्धान र वार्ताकौशल बलियो नबनाई बहुपक्षीय कूटनीति औपचारिकतामा सीमित हुन्छ। “मञ्चमा उभिनु होइन, मुद्दा उठाउनु प्रभाव हो।”

४ आर्थिक कूटनीति तथा व्यापार विस्तार

आर्थिक कूटनीति समृद्धि निर्माणको केन्द्रीय रणनीति हो—उत्पादन, बजार पहुँच र रोजगारी विस्तारसँग प्रत्यक्ष जोडिनुपर्छ। दूतावासहरू कार्यक्रम–केन्द्रित होइनस लगानी भित्र्याउने, निर्यातको ढोका खोल्ने, पर्यटन प्रवाह बढाउने आर्थिक मिशन बन्नुपर्छ। नेपालका स्वाभाविक सामर्थ्य—स्वच्छ ऊर्जा, जैविक कृषि, जडीबुटी, पर्यटन, हस्तकला र प्रविधि सेवामा मूल्य–वृद्धि, गुणस्तर र ब्रान्डिङ निर्णायक हुन्छ। लगानी आकर्षणका लागि नीति स्थिरता, नियम स्पष्टता, प्रक्रिया छरितोपन र जोखिम घटाउने संरचना आवश्यक छ। भन्सार, पारवहन, ढुवानी लागत र डिजिटल व्यापार प्रणाली सुधारिएपछि प्रतिस्पर्धा सम्भव हुन्छ। “कूटनीति बजारसँग जोडिएपछि मात्रै नतिजा देखिन्छ।”

५ प्रवासी नेपाली संरक्षण तथा श्रम–प्रवासन समन्वय

प्रवासी नेपाली राष्ट्रको अर्थतन्त्र मात्र होइन—अन्तर्राष्ट्रिय भरोसाका प्रतिनिधि हुन्। ठगी, करार उल्लङ्घन, तलब विवाद, कानुनी असहायता र अमानवीय श्रम अवस्थाले प्रवासनलाई जोखिमपूर्ण बनाएको छ। समाधान भावना होइन—मानव–केन्द्रित एकीकृत प्रणाली होस् पारदर्शी भर्ती, डिजिटल अनुगमन, दूतावासको छिटो प्रतिक्रिया, कानुनी सहायता, बीमा र आपतकालीन उद्धार समन्वय। माग–आधारित सीप विकास र श्रमिक अधिकारसम्बन्धी द्विपक्षीय सम्झौता बलियो बनाउनु आवश्यक छ। फर्किएपछि सीप–पुनरागमन र उद्यम अवसर जोडिए प्रवासन दीर्घकालीन मूल्यमा बदलिन्छ। “सुरक्षित श्रम बिना राष्ट्रको नैतिक छवि बलियो हुँदैन।”

६ सांस्कृतिक कूटनीति तथा “ब्रान्ड नेपाल” प्रवर्द्धन

संस्कृति राष्ट्रको दीगो प्रभाव शक्ति हो। ब्रान्ड नेपाल प्रचार होइन—विश्वले नेपाललाई कुन मूल्यसँग जोडेर सम्झिन्छ भन्ने संरचित पहिचान हो। हिमाल, शान्ति, आध्यात्मिकता, प्रकृतिसँगको सहअस्तित्व, कला–साहित्य र जीवित परम्परा नेपालको सांस्कृतिक पूँजी हुन्स तर यसलाई रणनीति, निरन्तरता र संस्थागत संयन्त्रले मात्र प्रभावमा बदल्छ। दूतावासहरू सांस्कृतिक संवाद केन्द्र बनून्—कार्यक्रम, प्रदर्शनी, शैक्षिक विनिमय, योग–ध्यान, चलचित्र–संगीतमार्फत जन–जनबीचको सम्बन्ध गहिरो हुन्छ। संस्कृति–आधारित पर्यटन र रचनात्मक उद्योगले अर्थतन्त्र पनि बलियो पार्छ, तर प्रामाणिकता र सम्मान अनिवार्य शर्त हो। “आत्मपहिचान सुरक्षित भयो भने विश्वसम्म प्रभाव पुग्छ।”

७ दूतावास तथा कन्सुलेट सेवा सुधार

दूतावास विदेशमा राज्यको प्रत्यक्ष उपस्थिती होस संकटमा नागरिकले यहीँ राज्य भेट्नुपर्छ। पासपोर्ट, कानुनी सहायता, श्रम विवाद, दुर्घटना, हिरासत वा मृत्युजस्ता अवस्थामा ढिलाइ र असहायताले राष्ट्रप्रतिको विश्वास घट्छ। सेवा नागरिक–केन्द्रित हुनुपर्छस् एकद्वार प्रणाली, डिजिटल आवेदन–ट्र्याकिङ, स्पष्ट शुल्क, समयबद्ध उत्तर र गुनासो सुनुवाइ। जनशक्तिमा कानुनी, श्रम–सम्बन्ध, भाषा, मनोसामाजिक परामर्श र आपतकालीन समन्वय क्षमतासमेत आवश्यक हुन्छ। नियमित मूल्याङ्कन, पारदर्शी प्रतिवेदन र प्रविधि–सुरक्षासहितको प्रणालीले भरोसा बढाउँछ। “विदेशमा नागरिक सुरक्षित भए मात्र राष्ट्र सम्मानित देखिन्छ।”

८ सुरक्षा–कूटनीति तथा शान्ति पहल

सुरक्षा र कूटनीति एउटै ढालका दुई धार हुन्। नेपालका चुनौती खुला सीमा, संगठित अपराध, मानव तस्करी, साइबर जोखिम, दुष्प्रचार र बाह्य दबाबका सूक्ष्म रूपसँग जोडिएका छन्, जसलाई केवल बल प्रयोगले होइन—जोखिम पहिचान, संवाद, सहकार्य र तयारीले व्यवस्थापन गर्नुपर्छ। सन्तुलित छिमेकी सम्बन्ध, नियम–आधारित सुरक्षा सहकार्य र रणनीतिक सूचना विश्लेषण सुरक्षा–कूटनीतिक आधार हुन्। नेपालसँग शान्ति पहिचान, संयुक्त राष्ट्र शान्ति योगदान र सहअस्तित्व संस्कृति छस यसलाई वार्ता–पहल, मानवतावादी सहकार्य र मध्यस्थता क्षमतामा रूपान्तरण गर्दा नैतिक पूँजी रणनीतिक प्रभाव बन्छ। नीति निरन्तरता बिना विश्वास टिक्दैन।

“बुद्धिमानी सन्तुलनले नै स्थायी शान्ति बचाउँछ।”

९ अन्तर्राष्ट्रिय कानुन तथा सम्झौता व्यवस्थापन

अन्तर्राष्ट्रिय कानुन सानो राष्ट्रका लागि सार्वभौमिकता जोगाउने ढाल हो। सीमा, जलस्रोत, व्यापार, लगानी, श्रम, सूचना र कूटनीतिक विशेषाधिकार सबै कानुनी ढाँचामा बाँधिएका छन्। सम्झौता हस्ताक्षर क्षणिक घटना होइनस पुस्तागत दायित्व हो, त्यसैले बहुआयामिक मूल्याङ्कन अनिवार्य हुन्छ—कानुनी, आर्थिक, सुरक्षा र प्राविधिक परीक्षणसहित। अस्पष्ट धारा, खुला व्याख्या र कमजोर विवाद समाधान संयन्त्र भविष्यका संकटका बीउ हुन्। हस्ताक्षरपछि निगरानी, कार्यान्वयन समीक्षा र समय–समयमा परिमार्जन चाहिन्छ। संस्थागत कानुनी स्मृति, विशेषज्ञ जनशक्ति र अनुसन्धान इकाइ बलियो भए नीति दबाबबाट होइन—सिद्धान्तबाट चल्छ। “स्पष्ट कानुन नै दीर्घकालीन सुरक्षा हो।”

१० कूटनीतिक सेवा क्षमता विकास तथा डिजिटल कूटनीति

कूटनीति भवन र पदबाट होइन—सीप, अनुशासन र निर्णय क्षमताबाट बलियो हुन्छ। भाषा, अन्तर्राष्ट्रिय कानुन, भू–राजनीतिक विश्लेषण, वार्ता–कला, संकट व्यवस्थापन, आर्थिक कूटनीति र सार्वजनिक सञ्चारमा निरन्तर प्रशिक्षण आवश्यक छ। नियुक्ति–सरुवा–पदोन्नति योग्यता–आधारित भए मात्र संस्थागत स्थिरता टिक्छ। डिजिटल कूटनीति आज अनिवार्य छ—छवि निर्माण, सूचना प्रतिक्रिया, नागरिक सहायता र जन–कूटनीति डिजिटल गतिमा चल्छ। दूतावासमा ई–कन्सुलर सेवा, साइबर सुरक्षा, डाटा संरक्षण, वास्तविक–समय निगरानी र अनलाइन समन्वय प्लेटफर्म हुनुपर्छ। लक्ष्य–आधारित मूल्याङ्कन र नियमित समीक्षा बिना सुधार सम्भव हुँदैन।

“सीप र प्रविधि मिल्दा राष्ट्रको आवाज तीव्र र विश्वसनीय बन्छ।”

नेतालाई भेट्दा, घरदैलोमा आउँदा वा अन्तर्वार्ता लिँदा नागरिकले सभ्य तर स्पष्ट रूपमा सोध्न सक्ने परराष्ट्र सम्बन्ध सम्बन्धी ११ निर्णायक प्रश्न - 

१० नेपालको “राष्ट्रिय हित” तपाईं लिखित रूपमा कुन–कुन सूचकमा परिभाषित गर्नुहुन्छरु सुरक्षा, सार्वभौमसत्ता, अर्थ, ऊर्जारपानी, श्रम, प्रविधि, आपूर्ति शृंखला, कूटनीतिक स्वायत्तता—कुन सूचक ९प्एक्ष्० मा मापन हुन्छरु यो दस्तावेज कसले (क्याबिनेटरसंसदरविशेष परिषद्) कहिले अनुमोदन गर्छ ?

२० सरकार फेरिँदा पनि परराष्ट्र नीति नहल्लिने “संस्थागत व्यवस्था” तपाईं के बनाउनुहुन्छरु राष्ट्रिय परराष्ट्र नीति–ढाँचा, स्थायी रणनीति कागज, निर्णय–प्रक्रिया, अभिलेख र उत्तराधिकार—कुन संरचना बाट, कुन कानुनी आधार मा, कहिलेदेखि लागू गर्नुहुन्छ ?

३० छिमेकीसँग “सन्तुलन” कायम गर्न तपाईंको ठोस नीति के होरु एक पक्षतर्फ अति–निर्भरता रोक्न कुन क्षेत्रमा ९व्यापाररऊर्जारपूर्वाधाररसुरक्षारप्रविधि० कुन सीमा ९रेड–लाइन० राख्नुहुन्छरु निर्भरता घटाउने विकल्प योजना ९एबिल द्यरएबिल ऋ० के–के बनाउनु भयको छ , र कहिले सम्म लागू गर्नु हुन्छ ?

४० खुला सीमा व्यवस्थापनमा सुरक्षा–व्यापार–मानवीयता सन्तुलन राख्ने प्रविधि–आधारित योजना तपाईंको के होरु सीमा व्यवस्थापनमा दर्तारपहिचान, जोखिम–आधारित जाँच, डेटा–समन्वय, व्यापार सहजता, मानव तस्करी नियन्त्रण—कुन प्रविधि, कुन नाकाबाट कसरि सुरु गर्ने योजना छ , कति समय भित्र नागरिकले महसुस गर्न पाउछन् ?

५० आर्थिक कूटनीतिमा दूतावासका वार्षिक लक्ष्य तपाईं कति तोक्नुहुन्छ रु लगानी, निर्यात, पर्यटन, बजार पहुँच—देशरदूतावास अनुसार लक्ष्य संख्या कति छ रु परिणामको सार्वजनिक प्रतिवेदन कहाँ र कहिलेदेखि ९त्रैमासिकरवार्षिक० प्रकाशित गर्नु हुन्छ ?

६० जलरऊर्जा कूटनीतिमा “राष्ट्रिय लाभ” सुनिश्चित गर्ने मापदण्ड तपाईं के बनाउनुहुन्छरु पानीको अधिकार, मूल्य–निर्धारण, दीर्घकालीन लाभ–वितरण, वातावरणीय सुरक्षा, डाटारमापन, विवाद समाधान—सम्झौता गर्दा अनिवार्य मापदण्ड के–के हुन् रु कुन निकाय ले जाँचेर कहिले निर्णय गर्छ?

७० श्रम कूटनीतिमा श्रमिक अधिकार, तलब, बीमा र कानुनी सहायता सुनिश्चित गर्ने द्विपक्षीय संयन्त्र तपाईंको के होरु मजदुरी मापदण्ड, बीमारक्षतिपूर्ति, रोजगारदाता दण्ड, कानुनी सहायता, उद्धाररफिर्ती—कुन देशसँग कुन संयन्त्र द्वारा गर्ने योजना छ तपाइको रु प्रभावकारिता मापनस् कति केस समाधानरकति दिनमा कसरि गर्ने योजना छ ?

८० बहुपक्षीय मञ्चमा नेपालले आगामी ५ वर्षमा उठाउने ३ प्राथमिक अन्तर्राष्ट्रिय एजेन्डा तपाईंका के हुन्रु उदाहरणस् जलवायुरहिमाल, शान्ति स्थापना, श्रम अधिकार, डिजिटल शासन, आपूर्ति शृंखला, विकास वित्त—तीन प्राथमिकता के के हुन् र प्रत्येकमा लक्ष्य, साझेदार, समयरेखा स्पष्ट भन्नुहोस्।

९० कुनै पनि अन्तर्राष्ट्रिय सम्झौता हस्ताक्षरअघि “कानुनी–आर्थिक–सुरक्षा मूल्याङ्कन” अनिवार्य गर्ने प्रक्रिया तपाईं के बनाउनुहुन्छरु प्रभाव मूल्याङ्कन, जोखिम–विश्लेषण, संसदीय छलफल, सार्वजनिक परामर्श, गोप्यरखुला भागको नियम—कुन चरण, कति दिन मा हुन्छ र कुन निकायलाइ जिम्मेवार बनाउनु हुन्छ ?

१०० दूतावास सेवा सुधारमा “एकद्वार डिजिटल सेवा” र समयबद्ध प्रतिक्रिया लागू भएको प्रमाण तपाईं के देखाउनुहुन्छरु पासपोर्टरकागजात, सहायता, गुनासो—कुन सेवा अनलाइन, कति घण्टारदिन भित्र प्रतिक्रिया, गुनासो ट्र्याकिङ नम्बर कहिलेदेखि लागु गर्नुहुन्छ रु सेवा–स्तरको सार्वजनिक रिपोर्ट कहाँ हेर्न सकिन्छ ?

११० डिजिटल कूटनीति र साइबर सुरक्षामा राज्यका कूटनीतिक सूचना र नागरिक डेटा सुरक्षित राख्ने राष्ट्रिय प्रोटोकल तपाईंको के होरु कूटनीतिक सञ्चारको सुरक्षा, डेटा वर्गीकरण, पहुँच अधिकार, साइबर घटना प्रतिक्रिया, प्रशिक्षणरअडिट—कुन मापदण्ड, कुन निकाय नेतृत्व, कहिलेदेखि लागू गर्नुहुन्छ र असफल भय जिम्मेबारी कसरि लिनु हुन्छ ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ