२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

शक्ति, प्रविधि र मूल्यको उत्कृष्ट संयोजन प्रोटोन इमास ७ एसयूभी

आइतवार , माघ ४, २०८२

काठमाडौँ । प्रोटोन नेपालले आफ्नो फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ मार्फत नेपाली बजारमा उल्लेखनीय प्रभाव जमाइसकेको छ । इभी पारखीहरू र प्रारम्भिक प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको इमास ७, मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधनको पहिचानसहित नेपालमा पनि लोकप्रियता हासिल गरिरहेको छ ।

शहरी यात्रुदेखि साहसिक यात्रा मन पराउने उपभोक्तासम्म सबैको आवश्यकता पूरा गर्ने गरी डिजाइन गरिएको इमास ७ मा अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा विशेषता तथा उच्च क्षमताको प्रदर्शनसहित आकर्षक मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

१६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको इमास ७ ले आरामदायी र प्रभावशाली ड्राइभिङ अनुभव प्रदान गर्छ । ४,६१५ मि.मि. लम्बाई र १८० मि.मि. ग्राउण्ड क्लियरेन्सका कारण यस एसयूभीले पर्याप्त स्थान तथा विविध सडक अवस्थाका लागि आवश्यक क्षमता प्रदान गर्दछ ।

नेपालका लागि प्रोटोन सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्स प्रा.लि. रहेको छ । कम्पनीले बलियो बिक्रीपछिको सेवा, नियमित मर्मत तथा व्यापक ग्राहक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ