२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइटविरुद्ध सार्वजनिक चेतावनी

मंगलवार , माघ ६, २०८२

काठमाडौं । बीवाईडीका लागि नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आफ्नो ब्रान्ड नाम दुरुपयोग गर्ने नक्कली डिजिटल पेज र वेबसाइटविरुद्ध सार्वजनिक सूचना जारी गरेको छ।

कम्पनीका अनुसार, केही अनधिकृत प्लेटफर्महरूले आफूलाई बीवाईडी नेपालको आधिकारिक माध्यम भन्दै ग्राहकलाई भ्रममा पार्ने प्रयास गरिरहेका छन्। साइमेक्स इंकले ‘bydpromotionnepal.com’  वेबसाइट, ‘BYD Dealler Fans’  फेसबुक पेज, ‘BYD Promotion’  टेलिग्राम समूह लगायत यस्ता सबै प्लेटफर्महरू बीवाईडी नेपालका आधिकारिक सञ्चार माध्यम नभएको उल्लेख गरेको छ।

कम्पनीले यी नक्कली प्लेटफर्महरूले गलत सूचना, अफर र योजना प्रस्तुत गर्दै ग्राहकलाई आर्थिक रूपमा ठग्ने प्रयास गर्न सक्ने र यसले उपभोक्ता सुरक्षामा असर गर्ने तथा ब्रान्डको विश्वसनीयता कमजोर पार्ने खतरा रहेको जनाएको छ ।

सर्वसाधारण र ग्राहकहरूलाई यस्ता अनधिकृत प्लेटफर्मसँग कुनै पनि प्रकारको सम्पर्क, प्रचार वा आर्थिक कारोबार नगर्न कम्पनीले आग्रह गरेको छ। नेपालमा बीवाईडी सवारीसाधन, अफर र बिक्रीपछिको सेवासम्बन्धी आधिकारिक जानकारी साइमेक्स इंकका प्रमाणित डिजिटल प्लेटफर्म र आधिकारिक डिलरहरू मार्फत मात्र लिन सकिने कम्पनीले स्पष्ट पारेको छ।

बीवाईडी ब्रान्ड नामको दुरुपयोग रोक्न तथा ग्राहक एवं उपभोक्ताको हित संरक्षण गर्न अनधिकृत डिजिटल प्लेटफर्महरू विरुद्ध आवश्यक कानुनी तथा नियामक प्रक्रिया अघि बढाइएको पनि कम्पनीले जानकारी दिएको छ। आगामी दिनमा यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायसँग सहकार्य गर्दै थप कदम चालिने साइमेक्स इंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ