काठमाडौं । सरस्वती पूजाको अवसर पारेर गायिका सलिना बिकले ‘सरस्वती वन्दना’ सार्वजनिक गरेकी छन्।
ध्रुव केसीको शब्द रचना रहेको उक्त वन्दनामा गायिका सलिना बिक स्वयंले संगीत संयोजन (कम्पोज) गरेकी छन्। गीतमा सलिना बिकसँगै बाल गायक सम्यन्त प्रधानको स्वर रहेको छ, जसले रचनालाई अझ भावपूर्ण र प्रभावशाली बनाएको छ।
माँ सरस्वतीको कृपाले सबैमा विचारको स्पष्टता, सृजनशील चेतना र आत्मिक प्रबोधन प्राप्त होस् भन्ने कामनासहित तयार पारिएको यो भक्तिपूर्ण रचना विद्यार्थी, शिक्षक, कलाकार तथा ज्ञान र विवेकको खोजीमा रहेका सबै साधकहरूका लागि समर्पित गरिएको छ। सरस्वती पूजाको सांस्कृतिक र आध्यात्मिक महत्वलाई उजागर गर्ने उद्देश्यसहित यस वन्दनालाई सार्वजनिक गरिएको हो।
गीतको संगीत संयोजन गोपाल रसायलीले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ श्याम बग्दासले गरेका हुन्। रेकर्डिङको जिम्मेवारी भानुभक्त ढकालले सम्हालेका छन्। यसका साथै तबलामा जगन्नाथ धौगडा र बाँसुरीमा उमेश पण्डितको सशक्त योगदान रहेको छ।
सरस्वती पूजाको अवसरमा सार्वजनिक गरिएको ‘सरस्वती वन्दना’ले भक्तजन तथा संगीतप्रेमीहरूबीच सकारात्मक सन्देश प्रवाह गर्ने र सांगीतिक–आध्यात्मिक अनुभूति प्रदान गर्ने अपेक्षा गरिएको छ।
भिडियो :
https://www.youtube.com/watch?v=kLYt_vguLkM
प्रतिक्रिया दिनुहोस