काठमाडौं । लालिगुराँस एसोसिएसन एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार त्रिपुरेश्वरस्थति दशरथ रंगशालामा भएको खेलमा काँक्रेबिहार क्लबलाई ४–१ को गोल अन्तरले पराजित गर्दै लालिगुराँस शीर्ष स्थानमा उक्लिएको हो । लालिगुराँसको जितमा अब्दुस युसुफ हाउलेको ह्याट्रिक गरे भने मुकुन्द निउरेले एक गोल गरे ।
काँक्रेबिहारका तर्फबाट एकमात्र गोल सोनाम आचार्यले गरेका थिए । जितसँगै शीर्ष स्थानमा रहेको लालिगुँरासको ७ खेलमा १७ अंक भएको छ भने काँक्रेबिहारको एक अंक रहेको छ ।
त्यस्तै बुधबार नै दशरथ रंगशालामा भएको अर्को खेलमा श्री भगवती क्लब र सातदोबाटो युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल हुन भने सकेनन् । बराबरीसंगै ७ खेल खेलेको सातदोबाटोको ६ अंक भएको छ भने समान खेल खेलेको भगवतीको ५ अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस