२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

लुयान नेपालले ल्यायो होली अफर, १५ हजारसम्म नगद छुटको व्यवस्था

शुक्रवार , फाल्गुण १५, २०८२

काठमाडौं । लुयान नेपालले होली पर्वको उपलक्ष्यमा नगद छुटको अफर सञ्चालन गरेको छ ।

लुयान नेपालले बिक्रि गर्ने सारथी ब्राण्डको विँगर र इकुटर स्कुटरको नगद खरिदमा रु. १५ हजारसम्मको छुटको व्यवस्था गरेको छ भने लुयान ब्राण्डको एमएनके ३ प्रो स्कुटरको खरिदमा रु १० हजारसम्मको छुटको व्यवस्था गरेको छ ।

नगद छुटसँगै एउटा प्रिमियम हेलमेट र रेनकोट पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसका लागि कम्पनीको मुख्य शोरुम नागपोखरी, नक्साल तथा अन्य शोरुमबाट स्कुटर खरिद गर्न सकिनेछ ।

कम्पनीले नेपाली बजारमा विगत ७ बर्षदेखि विभिन्न इलेक्ट्रिक स्कुटरहरुको बिक्रि र बिक्रिपछिको सेवा दिँदै आइरहेको छ ।

नेपाली बजारमा गुणस्तरीय स्कुटर सुपथ मुल्यमा दिने कम्पनीको रुपमा लुयान नेपाल परिचित छ । नेपालका डेडिकेटेड इलेक्ट्रिक स्कुटर कम्पनीहरुमा सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ सेन्टर पनि लुयान नेपालकै छ ।

रु १ लाख ४० हजारदेखि २ लाख ६१ हजारसम्मका इलेक्टिक स्कुटर बिक्रि गर्दै आइरहेको यो कम्पनीले आउँदो नयाँ बर्षमा लामो रेन्ज दिने इलेक्टिक स्कुटर लञ्च गर्ने योजना बनाएको जनाएको छ ।

करिब ३ सय किलोमिटर रेन्ज दिने उक्त स्कुटरको लागि अहिले परिक्षण चलिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ