२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

स्टाइलिस, सुरक्षित र प्रविधिमैत्री बजाज पल्सर 'नेक्स्ट जेन' १५० सार्वजनिक

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले 'नेक्स्ट जेन पल्सर १५०' संस्करण नेपालमा सार्वजनिक गरेको छ।

यस संस्करणमा आकर्षक नयाँ ग्राफिक्स, एफआई बीएस६ इन्जिन, सिङ्गल च्यानल एबिएस, एलईडी हेडल्याम्प, फुल डिजिटल कन्सोल र ब्लुटुथ सपोर्टजस्ता आधुनिक फिचरहरू समावेश गरिएको छ। कम्पनीका अनुसार यी सुविधाले बाइकलाई सुरक्षित, स्मार्ट र प्रयोगमैत्री बनाउनेछ।

इन्धन इन्जेक्सन प्रविधिको प्रयोगले राम्रो माइलेज र सहज प्रदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ । एबिएस प्रणालीले ब्रेकिङ अनुभवलाई थप सुरक्षित बनाउनेछ।

नयाँ पल्सर १५० नेपालभरका बजाज अटोका आधिकारिक शोरुममार्फत उपलब्ध छ। प्रारम्भिक मूल्य ३,५५,९०० रूपैयाँ तोकिएको छ। आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बिक्रीपछिको सेवा र स्पेयर पार्ट्स पनि उपलब्ध गराउने जनाएको छ।

त्यस्तै, अब ग्राहकहरूले नागरिकता मात्र देखाएर फाइनान्स गर्न सक्नेछन्। ग्राहकले शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा जसले ग्राहकले अन–द–स्पट फाइनान्समार्फत सजिलै बाइक लिन सक्नेछन्।

नयाँ पल्सर १५०को आगमनसँगै नेपाली युवा र मोटरसाइकल प्रेमीहरूले शक्तिशाली, स्टाइलिस र प्रविधिमैत्री राइडिङ अनुभव पाउने विश्वास कम्पनीले व्यक्त गरेको छ। इच्छुक ग्राहकहरूले नजिकैको बजाज शोरुममा गएर थप जानकारी लिन र टेस्ट राइड गर्न सक्नेछन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ