काठमाडौं । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछाने अनसोल्ड भएका छन् ।
सन्दीपले विदेशी खेलाडी क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्य राखेर नाम दर्ता गराएका थिए । विदेशी खेलाडीको कोटा पूरा भइसक्दासम्म उनको नाम अक्सनमै नआएको जनाइएको छ ।
अन्तिम चरणमा टोलीहरूलाई थप खेलाडी छनोट गर्ने अवसर दिइए पनि उनलाई कुनै पनि टोलीले अनुबन्ध गरेन ।
यसअघि सन् २०२१ मा ओभल इन्भिन्सिबल्स टोलीले उनलाई १ लाख पाउन्डमा अनुबन्ध गरेको थियो, तर उनले प्रतियोगितामा कुनै खेल खेलेका थिएनन् ।
सन्दीपले यसअघि आईपीएल, बीबीएल, बीपीएल र सीपीएलजस्ता फ्रेन्चाइज लिग खेलिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस