२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

६२/६३ को जनन्दोलन सुरु भएको ठाँउ रोल्पा

शनिवार , फाल्गुण ३०, २०८२

• मनिष कवर/रोल्पा 

तत्कालीन राजनीतिक परिवर्तन र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शाशन व्यवस्था ल्याउन तत्कालीन  पार्टी नेकपा (माओवादी केन्द्र), र  राज्य शक्ति सँग १० बर्से लामो सङघर्ष खेपेको जिल्ला हाे रोल्पा ।

रोल्पामा २०८२ सालको कुल मतदाता १५९,५९७ रहेको छन् । रोल्पाली जनताले सधै झैँ यो पटक पनि २७,४६० मतसहित नेकपाका बर्षमान पुनलाई विजयी गराए ।

देशमा बढीरहेको भ्रष्टाचार, हजुर बा समुहको तानाशाही  नेतृत्व  नातावाद, कृपावादजस्ता विविध कुराहरुले भदौ २३ र २४ को जेन्जी आन्दोलन पश्चात् देशमा आएको आमूल राजनीतिक परिवर्तनले ०८२ सालको निर्वाचनमा नेपाली जनताले मुलुकमा शुशासन र देश विकासका लागि नयाँ नेतृत्वको आवश्यकता महसुस गरी नयाँ नेतृत्व गर्ने, पार्टी र नयाँ अनुहारलाई देशका विभिन्न भागमा भारी मतले विजय गराए। तर रोल्पाली जनताले उहीँ पुरानो पार्टी र उहीँ पुरानो अनुहारलाई विजय गराए, अब के रोल्पाली जनता भेडा भए त ? अथवा राजनितिक चेतनाको कमी ?

यो कुरा बुझ्न २०७४, २०७९ र २०८२ सालमा भएको निर्वाचनको मत परिणामलाई नियाल्नुपर्ने हुन्छ।

२०७४ :

नेकपा (माओवादी केन्द्र) : बर्षमान पुन - ४०,६४७

कांग्रेस : अमरसिह पुन - १९,९०६

२०७९ :

नेपाल कम्युनिष्ट पार्टी : बर्षमान पुन - ४१,७१४

नेपाल कम्युनिष्ट पार्टी : पूर्ण बुढामगर - १६,४८५

राप्रपा : लीला रावल - २,५५६

२०८२ :

नेपाली कम्युनिष्ट पार्टी : बर्षमान पुन - २७,४६०

नेपाली कांग्रेस : डा. सुदन कुमार वली - १२,००८

राष्ट्रिय स्वतन्त्र पार्टी : बालराम थापा - १०,८९४

नेपाल कम्युनिष्ट पार्टी (एमाले) : गोकुल प्रसाद घर्ती - ९,९३३

यसरी हेर्दा नेपाल कम्युनिष्ट पार्टीका बर्षमान पुनले २०७४ र २०७९ मा भएको निर्वाचनमा भन्दा करिब आधा मतले मात्र २०८२ मा निर्वाचित भएका छन्। युवा र नयाँ अनुहार भएका नेपाली कांग्रेसका सुदन कुमार वलीले १२,००८ र राष्ट्रिय स्वतन्त्र पार्टीका  बालराम थापाले १०,८९४ मत प्राप्त गरेको देखिन्छ, जसबाट के बुझ्न सकिन्छ भने रोल्पाली जनताले परिवर्तन नचाहेका भने होइनन् ।

तर पनि उहीँ पुरानो दल र पुरानो अनुहारले जित्नु पछाडीको कारण के ? रोल्पाको बिगतदेखि अहिलेसम्मको  राजनितिक, सामाजिक, आर्थिक, शैक्षिक, भावनात्मक सोच, जस्ता विविध कुराहरुलाई  हेर्दा निम्न कारणले उहीँ पुरानो पार्टी र पुरानो अनुहारले पुनः विजयी भएको पाइन्छ।

१. ऎतिहासिक राजनीतिक परिवेश : ०६२/६३ को जनान्दोलनमा रोल्पाका अधिकांश जनता सहभागी भई ने.क.पा (माओवादी केन्द्र) को विचारधारासँग जोडिएको हुदा अहिले पनि उहीँ विचारधारालाई गरेको समर्थन।

२. युवा मतदाताको सहभागितामा कमि: १८ देखी ४० बर्ष सम्मका युवाहरू जसले परिवर्तनको महशुस गरेका छन् उनी हरु केहि उच्च शिक्षाका लागि र प्रायः रोजगारीका लागि देश बाहिर रहेका छ्न्।

३. नयाँ उम्मेद्बारले जनताको मन जित्न नसक्नु: नयाँ उम्मेद्बारको उहीँ पुरानो शैलीको भाषण र चुनावी प्रचार प्रसार, योजना स्पष्ट र रोल्पाली जनताले वर्तमान अवस्थामा चाहे बमोजिम नभएको। देशको वर्तमान राजनीतिक परिस्थितिको बारेमा जनतालाई बुझाउन नसक्नु।

४. पुरानो दलको संगठन बलियो हुनु: रोल्पाको १० वटै  स्थानीय तहमा  नेकपाको अधिकांश जनप्रतिनिधि रहेकोमा उनिहरुको गाउँघर, टोल समाजमा भएको बलियो राजनीतिक प्रभाव वा संगठन, लामो समयदेखि त्यही दलबाट लाभ लिइरहेका कर्याकर्ता, क्लब, र संस्थाका  सदस्यको महत्त्वपूर्ण भुमिका।

५. विकासका केही कामका प्रभाव : पुरानै प्रतिनिधिको कार्यकालमा भएको सडक, खानेपानी, भौतिक पुर्वाधार, स्वास्थय चौकी, शिक्षा जस्ता कुरामा भएको सुधार।

६. सामाजिक संजालको प्रभाव कम पर्नु: मुलुक भर नयाँ अनुहार विजयी हुनुमा सामाजिक संजालको प्रभाव  पनि एक महत्त्वपूर्ण कारक हो। रोल्पाका अहिलेका मतदाता धेरैजस्तो ४० बर्ष भन्दा माथी रहेको छ्न जस्ले सामाजिकको प्रयोग एकदमै कम गर्छन्,  र रोल्पाका दुर्गम भेगमा ईन्टरनेटको सुविधा नहुनु जसले गर्दा देशको वर्तमान परिस्थितिको बारेमा, सामाजिक संजालमा उठिरहेको आवाजका बारेमा जानकार नहुनु।

७.नयाँ भन्दा पुरानो दलको उम्मेद्वार प्रति बिश्वास हुनु  : नयाँ भन्दा पुरानो उम्मेद्बार परिचित र राजनीतिक पृष्ठभुमि स्पष्ट भएकाले आफ्नो कार्यकालमा गरेको बिकासका काम हेरि पुनः गर्छ भन्ने आशा पलाउनु।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ