२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी बेल्जियमको जेबी ब्रुग्समा अनुबन्ध

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले बेल्जियममा आयोजना हुने इयू टी–२० लिग खेल्ने भएका छन् । उनलाई बेल्जियमको टोली जेबी ब्रुग्सले आगामी सिजनका लागि अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।

जेबी ब्रुग्सले दीपेन्द्रसँगै न्युजिल्यान्डका आक्रामक ओपनर कलिन मनरो र दक्षिण अफ्रिकाका भरपर्दा ब्याटर राशी भान डेर डुसेनलाई पनि आफ्नो टोलीमा भित्र्याइसकेको छ ।

डेस्टिनो लेजेन्ड्स स्पोर्ट्स एलएलसीले बेल्जियम क्रिकेट फेडेरेसनसँगको सहकार्यमा पहिलो पटक आयोजना गर्न लागेको यस लिगमा ६ टोली सहभागी हुनेछन् । यसअघि नै नेपाली लेगस्पीनर सन्दीप लामिछानेलाई लियेज रेड लायन्सले अनुबन्ध गरिसकेको छ ।

प्रतियोगिताको आधिकारिक ड्राफ्ट मार्च २४ मा हुँदैछ, जसमा दीपेन्द्र र सन्दीपबाहेक अन्य १८ नेपाली खेलाडीहरू पनि सहभागी हुनेछन् । यो लिगसँगै नेपाली खेलाडीहरूको युरोपेली क्रिकेटमा उपस्थिति अझ बलियो हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ