२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कराते टोलीकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ तमु धी एसोसिएसन युकेको सद्भावना दूत नियुक्त

सोमवार , चैत्र ९, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय कराते टोलीकी ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई तमु धी एसोसिएसन युकेले आफ्नो सद्भावना दूत नियुक्त गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एरिकालाई अप्रिलदेखि लागू हुने एक वर्षका लागि सद्भावना दूत नियुक्त गरिएको जानकारी दिइयो । तमु धी एसोसिएसन युकेका अध्यक्ष जुमकाजी गुरुङ र उपाध्यक्ष कमल गुरुङका साथै एरिका गुरुङ, नेपाल कराते महासंघका महासचिव दावा गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुरूप विश्व कराते महासंघ (डब्लुकेएफ) र एसियन कराते महासंघ (एकेएफ) का आधारिक प्रतियोगिता खेल्न तमु धी एसोसिएसन युकेले टिकट, आवश्यक खेल सामग्री, दुई जोडी ट्य्राकसुट र हरेक प्रतियोगिताका लागि पाँच सय अमेरिकी डलर उपलब्ध गराउने भएको छ । सद्भावना दूत नियुक्त भएपछि एरिकाले विश्व कराते महासंघ (डब्लुकेएफ) वरीयतामा शीर्ष स्थानमा पुग्ने आफ्नो लक्ष्य रहेको बताइन् ।

नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठले एसियन गेम्स र दक्षिण एसियाली खेलकुदमा राज्यको लगानी हुने भएकाले त्यसमा सहयोग नलिने स्पष्ट पारे । एरिकाले सन् २०२६ र २७ मा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरू कराते प्रिमियर लिग, एसियन च्याम्पियनसिप, विश्व सितोरियो कराते च्याम्पियनसिप तथा अन्य खुला प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ