२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानून बन्ने विश्वास छ : महानिरीक्षक अर्याल

मंगलवार , चैत्र १०, २०८२

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानून बन्ने विश्वास व्यक्त गरेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नंम्वर ९ पशुपतिनाथ वाहिनी मुख्यालयको २२ औं वार्षिकोत्सवका अवसरमा मंगलबार नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यसअघि संगठनको स्पष्ट भूमिकासहितको कानूनको मस्यौदा सरकारलाई पठाएपनि कानून बन्न नसकेको भन्दै अबको नयाँ संसदले स्पष्ट अधिकार र भूमिकासहितको कानूनलाई अघि बढाउने विश्वास व्यक्त गरेका हुन् ।

उनले भाद्र २३ र २४ को घटनादेखि निर्वाचन सम्पन्न गर्ने अवस्थासम्म सशस्त्र प्रहरीले खेलेको प्रभावकारी भूमिका कारण देश स्थीरतामा हिड्न सुरु गरेको उल्लेख गरे ।

सवै सुरक्षा निकायका कारण देशमा एकथोपा रगत नबगी निर्वाचन गर्न सफल भएको भन्दै अर्यालले आगामी दिनमा देशको लागि रक्षा गर्नुको लागि सुरक्षा फौज तयार, तत्पर र सक्षम रहेको धारणा राखे । उनले संगठनभित्र सिनियरिटी सँगसँगै आफ्नो कार्यदक्षता र कार्यकुशलता अव्वल भएकालाई नेतृत्वमा पुराउने लक्ष्य लिइएको बताए ।

कार्यक्रममा पशुपतिनाथ वाहिनी मुख्यालयका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ