२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अमेरिका-इरान तनावको नयाँ केन्द्रविन्दुः स्ट्रेट अफ होर्मुजमा इरानको ‘वान–वे’ नीति

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । विश्वको तेल आपूर्तिको मेरुदण्ड मानिने स्ट्रेट अफ होर्मुजमा इरानले नयाँ र कडा नियम लागू गरेको छ। संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सामुद्रिक संगठनलाई पत्र लेख्दै इरानले अबदेखि यो जलमार्ग प्रयोग गर्न आफ्ना सुरक्षा नियमहरूको पूर्ण पालना र पूर्व समन्वय अनिवार्य हुनुपर्ने सर्त राखेको हो ।

इरानको विदेश मन्त्रालयले जारी गरेको आधिकारिक पत्रअनुसार, इरान विरुद्धको सैन्य कारबाहीमा संलग्न नहुने र इरानी सुरक्षा मापदण्ड मान्ने ुगैरशत्र जहाजहरूले मात्र यो बाटो प्रयोग गर्न पाउनेछन् । तर, अमेरिका र इजरायलसँग सम्बन्धित कुनै पनि व्यावसायिक वा सैन्य जहाज, उपकरण वा सम्पत्तिलाई शान्तिपूर्ण प्रवेशको अनुमति नदिइने चेतावनी इरानले दिएको छ ।

यस क्षेत्रमा जारी युद्ध र इरानको यो पछिल्लो कदमका कारण विश्वको झण्डै २० प्रतिशत तेल र प्राकृतिक ग्यासको ढुवानी प्रभावित भएको छ। ढुवानी ठप्प प्रायः हुँदा अन्तर्राष्ट्रिय बजारमा इन्धनको अभाव हुनुका साथै मूल्यमा तीव्र वृद्धि भइरहेको छ ।

इरानले आफ्ना शत्रु राष्ट्रहरूलाई यो जलमार्ग प्रयोग गरेर सैन्य अपरेसन चलाउन नदिन यस्तो कदम चाल्नु परेको दाबी गरेको छ । लन्डनस्थित आईएमओका १७६ सदस्य राष्ट्रहरूमाझ सर्कुलर गरिएको उक्त पत्रमा इरानले आफ्नो सुरक्षाका लागि आवश्यक जुनसुकै कदम चाल्न तयार रहेको उल्लेख गरेको छ।

अबदेखि स्ट्रेट अफ होर्मुज भएर हुने व्यापारिक ढुवानी इरानी अधिकारीहरूको प्रत्यक्ष समन्वय र अनुमतिमा मात्र सम्भव हुने देखिएको छ, जसले गर्दा विश्व सामुद्रिक व्यापारमा थप अन्योल सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ