२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चेपाङ समुदायलाई मिनि अस्पतालसहित निःशुल्क स्वास्थ्य शिविर, हजारौँ लाभान्वित

सोमवार , चैत्र २३, २०८२

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–१० किरनटारमा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट झन्डै एक हजार सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्। विपन्न चेपाङ र तामाङ समुदायलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरबाट १ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको कार्यक्रम संयोजक श्रीलाल परियारले जानकारी दिए।

ग्रीन सोसाइटी नेपाल चितवनको आयोजनामा तथा राप्ती नगरपालिका–१० को सह–आयोजनामा राष्ट्रिय प्राथमिक विद्यालय परिसरमा सञ्चालन गरिएको शिविरमा ग्रीन सोसाइटी पब्लिक स्कुल चितवनले सहयोगी संस्थाको भूमिका निर्वाह गरेको थियो।

शिविरलाई काठमाडौँस्थित शान्ति सेवा गृह तिलगंगाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो।

दुई दिनसम्म सञ्चालन भएको शिविरअन्तर्गत चैत २२ गते माडीमा ८ सय ५२ जना र २३ गते आज राप्तीमा झन्डै १ हजार बढी सर्वसाधारणले सेवा लिएका थिए। शिविरमा सुगर तथा रक्तचाप परीक्षण, सामान्य स्वास्थ्य जाँच, दन्त उपचार, फिजियोथेरापी, बालरोग तथा स्त्रीरोग सेवा, रक्त परीक्षण र एक्स–रे जस्ता सेवाहरू प्रदान गरिएको थियो।

यसका साथै सेवाग्राहीलाई निःशुल्क औषधि वितरण, दन्तमञ्जन र ब्रस वितरण, सेनिटरी प्याड उपलब्ध गराउने तथा बालबालिकाका लागि लिटो वितरण गर्ने कार्य समेत गरिएको थियो।

स्थानीयस्तरमै सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरले ग्रामीण भेगका सर्वसाधारणलाई ठूलो राहत मिलेको स्थानीयवासीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ