२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड र स्वास्थ्य क्षेत्रका लागि १०१ अर्ब ९५ करोड बजेट विनियोजन

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन गरेको छ । 

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चालू आर्थिक बर्षको भन्दा ७ अर्बले बृद्धि गर्दै शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन गरिएको जानकारी दिए । उनले मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि रु एक अर्ब विनियोजन गरेको बताए ।

त्यस्तै सरकारले सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाका चारवटा विधामा कार्यक्रम संचालन गर्ने, विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि रु आठ अर्ब साठी करोड विनियोजन गरेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस संचालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्ने, विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा संचालन गर्न कानूनी पप्रबन्ध मिलाउने अर्थमन्त्री वाग्लेले बताए । 

उनले विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा पाँचदेखि कक्षा आठसम्म अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदानप्रदान कार्यक्रम संचालन गर्ने, मानव विकास सूचकांकमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय संचालन गर्ने बताए । 

त्यस्तै अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३–८४ मा स्वास्थ्य क्षेत्रका लागि १०१ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

त्यस्तै सरकारले स्वास्थ्य बीमालाई  प्रभावकारी रुपमा अघि बढाइने जनाएको छ, भने जलनको सघन उपचारका लागि वीर र कीर्तिपुर अस्पतालको क्षमता बढाइने, तिलगंगा आँखा अस्पतालको लेन्स उत्पादनमा कर छुट सुविधा दिने घोषणा गरेको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ