२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

जनता दिक्क भएपछि कांग्रेसमै विद्रोह गर्‍यौं : सभापति गगन थापा

मंगलवार , श्रावण ५, २०८३

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको कार्यशैलीप्रति जनता दिक्क र निराश बनेपछि आफूहरूले कांग्रेसभित्रै नेतृत्व परिवर्तनका लागि विद्रोह गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘बुद्ध, बीपी र आजका नेता , लिलिपुटका लघुमानव’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै थापाले देशको राजनीति विकृत बन्दै गएको, जनतामा चरम निराशा बढेको र त्यसलाई परिवर्तन गर्न विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको अभियान अघि बढाइएको बताए । उक्त पुस्तक नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले लेखेका हुन्।

थापाले आफू र तत्कालीन महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नेतृत्वका निर्णयविरुद्ध पटक–पटक केन्द्रीय कार्यसमिति बैठकमा आवाज उठाए पनि नेतृत्वले सुधार नगरेको दाबी गरे।

थापाले भने– ‘मलाई प्रष्ट थाहा थियो, पार लाग्दैन। तर पनि संसदीय दलको नेतामा उठें, जितिन्छ भन्ने होइन, पुस्तान्तरणको बहस सुरु गर्न आवश्यक थियो ।’ 

C6980T01.JPG.jpeg

उनले भदौ ८ गते प्रतिनिधिसभामा तत्कालीन प्रधानमन्त्री केपी ओली र  कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै दिएको मन्तव्य पनि स्मरण गरे ।
त्यसबेला नै जनताको असन्तुष्टि सम्बोधन गर्न र नेतृत्वले समयमै सुधार गर्न आग्रह गरेको भए पनि त्यसलाई बेवास्ता गरिएको उनको भनाइ थियो। त्यसपछि भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनले जनअसन्तुष्टि थप स्पष्ट पारेको उनले उल्लेख गरे।

यसैबीच, थापाले सरकारले निजी शिक्षा र स्वास्थ्य सेवामा लगाइएको ३ प्रतिशत समता कर हटाउने निर्णयको स्वागत गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले उक्त कर सुरुदेखि नै अनुपयुक्त रहेको भन्दै त्यसलाई हटाउने निर्णय सही भएको बताएका छन् ।

थापाले लेखेका छन्–‘यो निर्णय सही छ,अब यसलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि रीतपूर्वक पूरा होस्।’

C6991T01.JPG (1).jpeg

उनले सरकारले विद्युतीय महसुलमा लगाएको भ्याटलगायत अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै आम नागरिकको भावना र मर्मअनुसार निर्णय लिनुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट