२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

देउवाको आह्वान : लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि एकजुट बनौँ

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधान, राष्ट्रियता र जनताको अधिकारको रक्षाका लागि सबै राजनीतिक शक्ति, नागरिक समाज र युवापुस्तालाई एकजुट हुन आह्वान गरेका छन्।

जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा जारी दुई पृष्ठको सन्देशमा देउवाले लोकतन्त्र कमजोर भए राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता पनि जोखिममा पर्ने बताएका हुन्। 

उनले पछिल्लो समय स्वतन्त्र न्यायपालिका, संवैधानिक निकाय र लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना हुने संकेत देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

देउवाले कांग्रेस प्रतिपक्षमा रहे पनि लोकतन्त्र, सुशासन, राजनीतिक स्थिरता र संविधानको रक्षाका लागि रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता दोहोर्याएका छन्। साथै, विभाजन र द्वन्द्वको राजनीति त्यागेर राष्ट्रिय एकता, संवाद, सहकार्य र विश्वासका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

सन्देशमा देउवाले जननायक बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै राष्ट्रहित, लोकतन्त्र, सामाजिक न्याय, समावेशिता र आर्थिक समृद्धिलाई कांग्रेसको मूल मार्गदर्शक सिद्धान्त भएको बताएका छन्।

विदेशमा स्वास्थ्य उपचारका क्रममा रहे पनि आफ्नो मन देश, जनता र लोकतन्त्रप्रति केन्द्रित रहेको उल्लेख गर्दै देउवाले वर्तमान चुनौतीको सामना गर्न सबै लोकतान्त्रिक शक्तिबीच एकता, सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्। 

साथै, संविधानवाद, लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेका छन्।

753694907_1587836612711497_4536036960068727571_n.jpg

753694873_1587836619378163_2713759767107072167_n.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट