काठमाडौं । साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले वीवाइडी अटो १ ईभी कार जितेका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले भाग्यशाली विजेता अभिषेक कालाखेतीकी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गरेका हुन् ।
कार हस्तान्तरण कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशबाट पैसा पठाउँदा स्वदेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव मात्रै नभएर यसले नेपालमा बस्ने हरेक परिवारमा खुसीको दिगो प्रभाव छाडेको बताए ।
उनले विदेशमा काम गर्ने व्यक्तिले देखेको सपना पूरा गर्न आइएमई र टिक्मोका यस्ता योजनाहरू केवल सेवा प्रदान गर्नमा मात्रै सीमित नभई परिश्रम गर्ने हरेक युवाहरूको सपना साकार पार्न पनि उत्तिकै प्रभावकारी भएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विश्व श्रम बजारमा हरेक क्षेत्रमा रहेका युवाहरूको सपनालाई साकार पार्न आइएमई सदैव अग्रसर रहेको बताए । विदेशमा रहेर काम गर्दै गर्दा उनीहरूको विश्वास र भरोसालाई सेवाका रूपमा उनीहरूका परिवारसम्म पुऱ्याउन आइएमईले अतुलनीय भूमिका निभाएको समेत बताए ।
आइएमई लिमिटेड र टिक्मोको संयुक्त आयोजनामा सञ्चालन गरिएको साउदीबाट टिक्मो मार्फत आइएमई गरौं, उपहार जितौं योजना २०८२ पुस २१ देखि २०८३ असार १६ गते सम्म सफलतापूर्वक सञ्चालन भएको थियो ।
यस योजनाको मुख्य उद्देश्य साउदी अरेबियामा रहेका नेपाली युवाहरूलाई टिक्मो मार्फत नेपालमा सुरक्षित, छिटो र भरपर्दो रूपमा डिजिटल रेमिटेन्स पठाउन प्रोत्साहित गर्नुका साथै सेवाग्राहीहरूलाई आकर्षक पुरस्कार प्रदान गर्नु रहेको थियो ।
यस अभियानअन्तर्गत ५ जनवरीदेखि ३१ मार्च २०२६ सम्मको अवधिमा १२ जना भाग्यशाली सेवाग्राहीले आइफोन १७ तथा २ जनाले इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरेका थिए ।
त्यसैगरी, ५ अप्रिलदेखि ३० जुन २०२६ सम्म सञ्चालन गरिएको दोस्रो चरणमा हरेक हप्ता ५ जना सेवाग्राहीले रु. १०,००० नगद पुरस्कार प्राप्त गरेका थिए । साथै, उपहारअन्तर्गत एक जना भाग्यशाली विजेताले वीवाइडी अटो १ गाडी जित्न सफल भएका हुन् ।

आइएमई र टिक्मोको सहकार्यमा नयाँ योजना सार्वजनिक
आइएमई र टिक्मोको सहकार्यलाई अझ सुदृढ बनाउँदै आजैदेखि अर्को आकर्षक नयाँ योजना पनि सार्वजनिक भएको छ ।
जसमा १७ साउन २०८३ देखि १४ कात्तिक २०८३ सम्म साउदी अरेबियाबाट टिक्मो मार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरूमध्ये हरेक हप्ता २ जना भाग्यशाली विजेताले आफूले पठाएको रकमको २ गुणासम्म पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
हरेक महिना २ जना विजेताले आफूले पठाएको रकमको ३ गुणासम्म पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् भने बम्पर योजनाअन्तर्गत २ जना भाग्यशाली विजेताले आफूले पठाएको रकमको ५ गुणासम्म पुरस्कार प्राप्त गर्ने सुनौलो अवसर प्राप्त गर्न सक्नेछन् ।
यो नयाँ अभियानले साउदी अरेबियामा रहेका हरेक नेपाली समुदायलाई अझ बढी सुरक्षित र औपचारिक माध्यमबाट डिजिटल रेमिटेन्स पठाउन प्रेरित गर्नेछ, साथै आइएमई र टिक्मोबीचको सफल सहकार्यलाई थप मजबुत बनाउन मद्दत पुग्ने आइएमईको विश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस