२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

स्वास्थ्य मन्त्री मेहताले गरिन् जिल्ला अस्पताल निरीक्षण

बुधवार , चैत्र २५, २०८२

इनरुवा (सुनसरी) । स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले यहाँस्थित जिल्ला अस्पतालको निरीक्षण गरेर सेवा प्रवाहबारे जानकारी लिएकी छन् ।

त्यस अवसरमा उनले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताइन् । साथै मन्त्री मेहताले सेवा भावनाका साथ बिरामीको उपचार गर्न चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई आग्रह गरिन् । उनले सेवाग्राहीसँग पनि कुराकानी गरेकी थिइन् ।

आजै मन्त्री मेहताले इटहरीस्थित सामुदायिक स्वास्थ्य संस्था तथा धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ