२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डा. सुनिल शर्माले दुर्गम क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गरिदिने

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । आर्थिक रूपमा अति विपन्न नागरिकलाई लक्षित गर्दै काठमाडौं मेडिकल कलेज प्रा.लि. दुवाकोट, भक्तपुरले पूर्ण वा आंशिक छुटमा उपचार सेवा प्रदान गर्ने घोषणा गरेको छ।

पूर्व प्रतिनिधिसभा सदस्य डा. सुनिल कुमार शर्माले जारी गरेको सूचनाअनुसार मोरङ जिल्ला सहित देशका विभिन्न दुर्गम जिल्लाका आर्थिक रूपमा कमजोर बिरामीलाई प्राथमिकतामा राखी उक्त सुविधा उपलब्ध गराइने भएको हो।

सूचनाअनुसार हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालीकोट, रोल्पा, रुकुम, सल्यान तथा कोशी प्रदेशका सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ लगायतका जिल्लाका विपन्न बिरामीहरूलाई काठमाडौं मेडिकल कलेजद्वारा सञ्चालित सुपरस्पेसियालिटी अस्पताल, दुवाकोटमा आर्थिक अवस्था मूल्याङ्कनका आधारमा पूर्ण वा आंशिक छुट प्रदान गरिनेछ।

यसैगरी दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाका विपन्न बिरामीहरूले पनि यो सुविधा लिन सक्ने बताइएको छ। सम्बन्धित व्यक्तिहरूले आफ्नो पालिका वा वडा कार्यालयबाट अनुसूचि–२ को सिफारिस फाराम तथा अन्य आवश्यक कागजातसहित अस्पतालमा सम्पर्क गर्नुपर्नेछ।

डा. शर्माले यो कार्यक्रम पहिलो चरणमा सुरु गरिएको र आगामी दिनमा थप विस्तार गरिने जानकारी दिएका छन्। उनले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न यो पहल गरिएको बताए।

डा. शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन्। उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन्—गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्य उनका पहिचान बनेका छन्।

उपचार सेवासम्बन्धी थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले ९८०२३३५११२ वा ९८०२३३५१०८ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ