२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सवै सरकारी अस्पतालहरुमा छिटै डिजिटल रुपमा नै रिपोर्ट निकाल्ने व्यवस्था हुन्छ : स्वास्थ्यमन्त्री मेहता

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताले सवै सरकारी अस्पतालहरुमा छिटै डिजिटल रुपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गरिने बताएकी छन् ।

आइतबार काठमाडौंको बीर अस्पतालको अनुगमनका क्रममा बिरामी र बिरामीका आफन्तहरुको गुनासो सुन्दै मन्त्री मेहताले उपचार गर्न आउने आफैले डिजिटल रुपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गर्न लागिएको बताएकी हुन् ।

अस्पतालमा उपचार गर्न आएकाले स्वास्थ्य परिक्षणको रिपोर्ट आउन ढिलाई हुँदा समस्यामा पर्ने गरेको गुनासो गरेका थिए । अस्पताल प्रशासनले भने दैनिक ५ हजारको संख्यामा विरामीले बहिरंग सेवा लिने गरेकाले रिपोर्ट आउन ढिलाई भएको जनाएको छ ।

मन्त्री मेहताले स्वास्थ्य परिक्षणको रिपोर्ट लिन अव अस्पताल आउन नपर्ने गरि छिटै व्यवस्था गरिने उल्लेख गरिन् ।

साथै उनले अस्पतालमा उपचार गर्न आउनेलाई बाहिर औषधी किन्नुपर्ने अवस्था आउन नदिन अस्पताल प्रशासनको ध्यानाकर्षण समेत गराइन् । अस्पतालको अनुगमनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै मन्त्री मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारको योजनाहरु छिटै सार्वजनिक गरिने जानकारी दिइन् । सरकारको निर्देशनपछि सार्वजनिक विदाको दिन आइतबार पनि अस्पतालहरुमा बहिरंग सेवा सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ