२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गर्मीले हैन क्रम्टन एयर कुलरले जित्छ

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । नेपालको बढ्दो गर्मी र उपभोक्ताको दैनिक जीवनशैलीमा आएको परिवर्तनलाई ध्यानमा राख्दै घर तथा कार्यालय दुवैका लागि उपयुक्त हुने नयाँ क्रम्टन डेजर्ट एयर कुलर, टावर एयर कुलर तथा पर्सनल एयर कुलरहरू नेपाली बजारमा सार्वजनिक गरिएको छ।

आकर्षक डिजाइन, प्रभावकारी कार्यक्षमता र प्रयोगमैत्री विशेषताहरूको सन्तुलनमा तयार गरिएको यो नयाँ श्रृंखलाले विभिन्न आवश्यकता अनुसार भरपर्दो चिस्यान समाधान प्रदान गर्ने लक्ष्य राखेको छ।

यस श्रृंखलामा समावेश क्रम्टन ब्राण्डका Ozone, Gale, Zelus, Optimus, Sure Breeze र JEDI PAC मोडेलहरू विभिन्न पानी ट्याङ्की क्षमताहरू, हावा प्रवाह क्षमता र क्षेत्रफल कभर गर्ने क्षमताका आधारमा डिजाइन गरिएका छन्। उच्च गुणस्तरका हनीकोम्ब प्याडहरूको प्रयोगले राम्रो चिस्यान प्रदान गर्नुका साथै लामो समयसम्म टिकाउ बनाउने विश्वास गरिएको छ, जसले उपभोक्तालाई दीर्घकालीन लाभ दिन्छ।

क्रम्टन ब्राण्डका यी उपकरणहरूमा समावेश प्रविधिहरूले प्रयोगकर्तालाई अझ सहज अनुभव प्रदान गर्छन्। दीर्घकालीन प्रयोगका लागि बनाइएको पम्प प्रणाली, चारैतिर समान रूपमा हावा फैलाउने व्यवस्था, निरन्तर पानी आपूर्ति कायम राख्ने प्रणाली र स्वतः हल्लिने लुभर्सले कोठाभरि समान चिस्यान दिन मद्दत गर्छन्। साथै, मोटर सुरक्षा प्रणालीले उपकरणलाई सुरक्षित र भरपर्दो बनाउँदै दैनिक प्रयोगमा निश्चिन्तता प्रदान गर्छ।

क्रम्टन ब्राण्डका टावर प्रकारका कुलरहरू सानो स्थानमा मिल्ने र आधुनिक घर सजावटसँग मेल खाने गरी बनाइएका छन् भने पर्सनल कुलरहरू साना कोठा वा व्यक्तिगत प्रयोगका लागि उपयुक्त छन्। क्रम्टन ब्राण्डका डेजर्ट कुलरहरूले भने ठूलो क्षेत्रफलमा बलियो कुलिंग प्रदान गर्दै उच्च आवश्यकताहरू सहजै पूरा गर्छन्, जसले सम्पूर्ण श्रृंखलालाई एक पूर्ण चिस्यान समाधानको रूपमा स्थापित गर्छ।

अन्त्यमा, यी सम्पूर्ण एयर कुलरहरू नेपालमा CG Electronics मार्फत उपलब्ध गराइँदै आएका छन्, जसले Crompton जस्तो विश्वसनीय ब्रान्डलाई नेपाली उपभोक्तासम्म पुर्‍याउँदै आएको छ। Crompton का पंखाहरू अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट मानिन्छन् र नेपालमा पनि निकै लोकप्रिय छन्। यसका साथै मिक्सर, आइरन र गिजर जस्ता घरेलु उपकरणहरूले पनि नेपाली घरपरिवारमा मजबुत विश्वास कायम गर्दै दैनिक जीवनलाई अझ सहज र व्यवस्थित बनाइरहेका छन्।

नयाँ वर्ष २०८३ को अवसरमा कम्पनीले आकर्षक New Year Scheme समेत ल्याएको छ, जसअन्तर्गत सीमित अवधिका लागि विशेष छुट प्रदान गरिनेछ। साथै, प्रत्येक १५ दिनमा गरिने lucky draw मार्फत खरिदकर्तामध्ये एक जनाले Crompton को mixer जित्ने अवसर पाउनेछन् भने bumper उपहारस्वरूप एक जना भाग्यशाली विजेताले Midea को double door refrigerator जित्ने विशेष अवसर पनि रहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ