२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

युरोपेली ब्रान्ड शुद्ध डर्मा नेपाली बजारमा : स्वास्थ्य तथा सौन्दर्य क्षेत्रमा नयाँ विकल्प, १५ उत्पादन एकसाथ सार्वजनिक

बुधवार , जेठ २०, २०८३

ललितपुर । युरोपेली स्किनकेयर तथा पर्सनल केयर ब्रान्ड शुद्ध डर्मा (Pure Derma) ले नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। 

ललितपुरस्थित रोयल टुलिप होटलमा आयोजित विशेष समारोह तथा पत्रकार सम्मेलनमार्फत कम्पनीले आफ्ना १५ वटा उत्पादन एकसाथ सार्वजनिक गर्दै नेपालमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेको हो। 

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, स्वास्थ्यकर्मी, व्यवसायिक साझेदार, वितरक, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। 

कम्पनीले गुणस्तरीय, सुरक्षित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकसित स्किनकेयर तथा पर्सनल केयर उत्पादनहरू नेपाली उपभोक्तामाझ उपलब्ध गराउने उद्देश्यसहित नेपाली बजारमा प्रवेश गरेको जनाएको छ।

RT__9629.jpg

कार्यक्रममा शुद्ध डर्मा (Pure Derma) नेपालका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रकाश पाठकले नेपाललाई सम्भावनायुक्त तथा तीव्र रूपमा विस्तार भइरहेको स्किनकेयर बजारका रूपमा छनोट गरिएको बताए। उनले वैज्ञानिक रूपमा परीक्षण गरिएका तथा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गरेका उत्पादनहरू नेपाली उपभोक्तासम्म पुर्‍याउने कम्पनीको लक्ष्य रहेको उल्लेख गरे।

समारोहकी प्रमुख अतिथि रेजिना उप्रेतीले शुद्ध डर्मा (Pure Derma) को सफलताको शुभकामना व्यक्त गर्दै गुणस्तरीय स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी उत्पादनहरूले नेपाली उपभोक्तालाई नयाँ विकल्प प्रदान गर्ने विश्वास व्यक्त गरिन्। 

RT__9386.jpg

त्यसैगरी विशिष्ट अतिथिहरू डा. सन्तोष भण्डारी, डा. रामकृष्ण श्रेष्ठ, डोनाल्ड चा तथा अन्य आमन्त्रित अतिथिहरूले कम्पनीको सफल भविष्यको कामना गरेका थिए। कार्यक्रममा कम्पनीले Clariderma Acne Spray , Derma Botox Cream, HAFO Hand & Foot Cream, NUS Kids Cream SPF 25+, Nutique Collagen Night Wrapping Mask, Pure Baby Cream लगायत १५ वटा उत्पादन सार्वजनिक गरेको थियो। 

कम्पनीका अनुसार यी उत्पादनहरू विभिन्न उमेर समूह तथा छालाका फरक फरक आवश्यकतालाई ध्यानमा राखी विकास गरिएका हुन्। कम्पनीले आफ्ना उत्पादनहरू गुणस्तर, प्रभावकारिता, वैज्ञानिक परीक्षण तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा बजारमा उपलब्ध अन्य ब्रान्डभन्दा फरक रहेको दाबी गरेको छ। 

RT__9658.jpg

साथै नेपाली उपभोक्ताको आवश्यकता र विश्वासलाई केन्द्रमा राखेर उत्पादनहरू बजारमा ल्याइएको जनाएको छ। कार्यक्रमका अवसरमा कम्पनीका प्रतिनिधिहरूले उत्पादनहरूको विशेषता, प्रयोग विधि तथा उपभोक्ताले प्राप्त गर्न सक्ने फाइदाबारे विस्तृत प्रस्तुति दिएका थिए। 

कार्यक्रममा सञ्चारकर्मी, स्वास्थ्य तथा सौन्दर्य क्षेत्रका विज्ञ, व्यवसायी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

RT__9406.jpg
RT__9663.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ