काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर अस्पताल भर्ना भएकी छिन् । उनको प्रेसर घटेको र सुगर बढेकाले ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना गरिएको हो ।
अस्पताल स्रोतका अनुसार उनलाई हिजो राति ज्वरो आएको थियो, भने बिहान अस्पताल आइपुग्दा उनको सुगर लेबल एकदमै कम थियो ।
प्रारम्भिक उपचारपछि उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस