२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दोश्रो संस्करणको ‘चितवन अटो शो २०२६’ सुरु

बिहिवार , बैशाख १७, २०८३

चितवन । चितवनको भरतपुरमा दोश्रो संस्करणको “चितवन अटो शो २०२६” बिहीबारबाट सुरु भएको छ ।

अटोमोबाइल व्यवसायको प्रवृद्धन गर्ने उद्देश्यसहित चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त पहलमा सुरु चितवन अटो शो बैशाख २१ गतेसम्म चल्ने बताइएको छ ।

अटो शोमा ईभी गाडी, मोटरसाईल, स्कुटरदेखि हेभि इक्युप्मेन्टससम्मका स्टलहरु रहेको चितवन अटो शोका संयोजक राजन पियाले जानकारी दिए । चितवन अटो शो काठमाडौं बाहिरको सवै भन्दा ठूलो प्रदर्शनी भएको भन्दै उनले सबै खालका सवारी साधनहरु एकै स्थानमा रहेको उल्लेख गरे । अटो शोमा १० हजार दर्शकले अबलोकन गर्नुका साथै ५० करोड बराबरको कारोबार हुने अनुमान गरिएको उनले बताए ।

अटो शोको चितवन उद्योग बाणिज्य सघ चितवन, उद्योग सघ भरतपुर महानगर पालिका प्रवृद्धकका रुपमा रहेका छन् । उक्त अटो शोको बागमति प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ