२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

आइतवार , बैशाख २०, २०८३

काठमाडौँ । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा. लि. ले विश्वकै प्रतिष्ठित तथा विश्वसनीय घरेलु उपकरण ब्रान्ड व्हर्लपुलसँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ ।

यस महत्वपूर्ण सहकार्यसँगै स्मार्ट अप्लायन्सेस प्रा. लि. नेपालका प्रदेश ५, ६ र ७ मा व्हर्लपुलका घरेलु उपकरणहरूको एकमात्र आधिकारिक वितरक नियुक्त भएको छ।

यो साझेदारी स्मार्ट अप्लायन्सेसका लागि नेपालको घरेलु उपकरण तथा उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउने महत्वपूर्ण उपलब्धि हो। व्हर्लपुलको विश्वव्यापी नवप्रवर्तन, गुणस्तर र उपभोक्ताको विश्वासलाई स्मार्ट अप्लायन्सेसको बलियो वितरण सञ्जाल र डिलर नेटवर्कसँग जोड्दै यी प्रदेशहरूमा विश्वस्तरीय उत्पादन सहज रूपमा उपभोक्तासम्म पुर्‍याइने विश्वास गरिएको छ।

यस अवसरमा स्मार्ट अप्लायन्सेसले “स्मार्ट अप्लायन्सेस र व्हर्लपुल पार्टनर कनेक्ट २०२६” नामक भव्य डिलर मिट आयोजना गरेको थियो। कार्यक्रममा नयाँ तथा पुराना डिलर साझेदारहरूसँगको सम्बन्ध थप सुदृढ बनाउनुका साथै क्षेत्रीय विकासको स्पष्ट योजना पनि प्रस्तुत गरिएको थियो।

कम्पनीका अनुसार यो साझेदारी केवल वितरण विस्तारमा सीमित नभई नेपालको घरेलु उपकरण बजारमा नयाँ युगको सुरुवात हो।

स्मार्ट अप्लायन्सेसले आफ्ना डिलर साझेदारलाई सशक्त बनाउँदै दीगो व्यापारिक वृद्धि र उपभोक्तालाई भरपर्दो, आधुनिक तथा उत्कृष्ट घरेलु उपकरण समाधान उपलब्ध गराउने प्रतिबद्धता निरन्तर अगाडि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ